
सुचिनाको टाउकोमा धारिलो हतियारले हानेको चोट हुनुका साथै हातको दुई वटा औंला काटिएको अवस्थामा भेटिएको स्थानीय गाउँले जानकारी दिएका । हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने सुचिनाको माइती पक्षको अडान छ। शव र घटनास्थलको प्रकृतिको आधारमा सुचिनाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । सुचिनालाई न्याय दिन सबै पक्ष लाग्नुपर्ने घटनास्थल पुगेर फर्किनु भएका सुचिनाको माइती रहेको धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ बताउँछिन् ।
मंसिर १९ गते मृतकका श्रीमान धनबहादुर गुरुङले प्रहरीमा जाहेरी दिएका छन् । अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक नेतृत्वको टोली नै घटनास्थलमा खटिएको छ । घटना गम्भीर प्रकृतिको भएकोले त्रिवि शिक्षण अस्पताल काठमाडौंमा शवको पोस्टमोर्टम गरिएको र रिपोर्ट आउन केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.