
एजेन्सी । सिरियाको इस्लामिक विद्रोही संगठनले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल–असदले दमास्कस छोड्नु भएको छ । राष्ट्रपति असद दमस्कसबाट कता गएको भन्ने बारे स्पष्ट भएको छैन ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले पनि सम्भवतः राष्ट्रपति बसर अल–असदलाई लिएर एउटा निजी विमान दमास्कस एयरपोर्टबाट निस्किएको जनाएको छ । सिरियाका विद्रोही समूहले दमास्कस लगायत हालसम्म हामा, देराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा समेत कब्जामा लिएको छ ।
इस्लामिक चरमपन्थी समूह हयात तहरिर अल–शाम (एचटीएएस) का प्रमुख अबु मोहम्मद अल जुलानीले होम्स कब्जालाई ऐतिहासिक क्षण भनि ब्याख्या समेत गरेका छन् । यसअघि विद्रोही समुह दमस्कस प्रवेश गर्दा हजारौं सर्वसाधारण पलायन भएका छन् । सिरियाको दक्षिण पश्चिम मेजेहका हजारौं नागरिकहरु रातारात पलायन भएका हुन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.