पावर प्लेमा चिवतवनविरुद्ध लुम्बिनीको खराव सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेको लुम्बिनी लायन्सले पहिलो पावर प्लेमा खराव सुरुआत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले ६ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ३३ रन बनाएको छ ।

लुम्बिनीबाट हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल १९ र अर्जुन साउद १२ रनमा खेलिरहेका छन् ।

चितवनका लागि दुवै विकेट रिजन ढकालले लिएका थिए । लुम्बिनी प्रतियोगितामा जितविहीन एकमात्र टोली हो । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो । प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किंग्सविरुद्ध दुई विकेटको हार बेहोरेको थियो ।

दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो हार बेहोरेको लुम्बिनीले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्सविरुद्ध एक रनको हार बेहोरेको थियो ।

यसैकारण प्रतियोगिताका प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राख्न आज लुम्बिनी जितको दबाबमा छ । आजको खेलमा पराजित भए लुम्बिनी आधिकारिक रूपमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading