
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) तेह्रथुम जाँदैछन् । आठराईस्थित प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि ओली हेलिकप्टरमार्फत आठराई आउन लागेको तेह्रथुमका प्रदेश सांसद किशोरचन्द्र दुलालले जानकारी दिए।
ओली बिहान साढे १० बजे तेह्रथुम आइपग्ने तेह्रथुमका सांसद सीता गुरुङले जानकारी दिएकी छन् । ओलीको स्वागतका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत एमाले र कांग्रेसका नेता इवा पुगेका छन् । ओलीको जन्मस्थान तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–४, इवास्थित श्री प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित १८ कोठे पक्की भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको दुलालको भनाइ । ओलीले सोही ठाउँमा रहेको तेह्रथुम बहुप्राविधिक शिक्षालयको पनि अवलोकन गर्नेछन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.