
काठमाडौं । भारतले सिरियामा रहेका ७५ जना भारतीय नागरिकलाई विमानबाट स्वदेश ल्याउने भएको छ । भारतको विदेश मन्त्रालयले गए राति सबै भारतीय सुरक्षितरूपमा लेबनान पुगेको र उनीहरू व्यावसायिक उडानबाट भारत फर्किने बताएको छ ।
उनीहरूमध्ये जम्मू–कश्मीरका ४४ ‘तीर्थयात्री’ पनि छन् । जो सिरियाकी सयदा जैनबको दरबारमा गएका थिए ।
विदेश मन्त्रालयले भारत सरकारले विदेशमा रहेका भारतीय नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिएको बताएको छ । मन्त्रालयले सिरियामा रहेका भारतीय नागरिकलाई दमास्कसस्थित भारतीय दूतावाससँग सम्पर्कमा रहन पनि आग्रह गरेको छ ।
सिरियामा असद सरकारको पतनपछि अन्य देशले आक्रमण तीव्र बनाएका छन् । इजरायलले सिरियाको दक्षिणी क्षेत्रमा आक्रमण गरेको छ । अमेरिकाले मध्य क्षेत्रमा आक्रमण गरेको छ । टर्कीसँग सम्बन्धित विद्रोही सेनाले उत्तरी क्षेत्रमा आक्रमण गरेको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.