मनकामना देखि गोरख दरबार सम्मको म्याराथन दौडमा नेपाली सेनाका रावत प्रथम्

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावतले जितेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा निर्धारित ४२ किलोमिटर १९५ मिटर दूरी उनले दुई घण्टा ३६ मिनेट सात सेकेन्डमा पूरा गर्दै पहिलो हुन सफल भएका हुन् ।

उपाधि विजेता रावतले एक लाख ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा नेपाली सेनाकै हेमलाल श्रेष्ठले निर्धारित दूरी दुई घण्टा ४० मिनेट ४४ सेकेन्डमा पूरा गरेर दोस्रो भए । उनले एक लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तासिंह बस्नेतले जानकारी दिए

प्रतियोगितामा नेपाली सेनाकै गजेन्द्र राई तेस्रो भए । उनले निर्धारित दूरी दुई घण्टा ४४ मिनेट ६ सेकेन्डमा पूरा गर्दै ७५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पार्न सफल भए ।

खेलकुदको माध्यमबाट गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित दुई धार्मिकस्थललाई जोडेर म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १०५ खेलाडीको सहभागिता थियो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading