गगन थापा भारत भ्रमणमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारत भ्रमणमा गएका छन् । उनी आज (बिहीबार) विहान नेपालगञ्जबाट स्थलमार्ग हुँदै भारत पुगेको बताईन्छ । भारत बसाईको क्रममा उनले केही महत्वपूर्ण भेटवार्ता गर्ने बुझिएको छ ।

उनले युपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गर्ने निश्चित् भएको उच्च स्रोतको दाबी छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हालै भारत भ्रमण सकेर स्वदेश फर्किएको अवस्थामा सत्तारुढ दल कांग्रेसका महामन्त्री थापाले भारत भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

थापाको भ्रमण गोप्य राखिनुले पनि यो भ्रमण महत्वपूर्ण मानिएको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading