नेप्सेमा २१.१२ अंकको गिरावट, पाँच कम्पनीको शेयर मूल्यमा ‘नकारात्मक सर्किट’

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । आइतबार २१.१२ अंकले घटेर २ हजार ६ सय ९ दशमलव ५८ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ६९ कम्पनीको शेयरमूल्य बढ्दा १७२ को घटेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा महिला लघुवित्तका लगानीकर्ताहरूले सर्वाधिक कमाउँदा पाँच कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

शेयरमूल्यमा नकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट लिमिटेड, सप्तकोशी डेभलपमेन्ट लिमिटेड, जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading