घाँस काट्न गएकी महिला मृत्त फेला

मकवानपुर । मकवानपुरमा घाँस काट्न बारीमा गएकी एक महिला मृत्त भेटिएकी छन् । मकवानपुरको मनहरी गाउँपालिका–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको हो । स्थानीय धनबहादुर रुम्बाको श्रीमती ७२ वर्षीया कान्छीमाया रुम्बाको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार साँझ ५ बजेको समयमा घर नजिकैको खोल्सामा बाघले आक्रमण गरेको जनाइएको छ । उक्त घटनापश्चात बसन्तपुर गाउँ त्रसित बनेको छ । मृतक रुम्बा घर नजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो । आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५०० मिटर पूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मनहरीमा ४ महिनाअघि भैंसीले हानेर बाघ मरेको थियो । गत ५ भदौमा मनहरी गाउँपालिका– ६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीको घटना मुचुल्का र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रिपोर्टले दाबी गरेको थियो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading