राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश स्वीकृतसहित जारी

काठाडौं । सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने उद्देश्यले ल्याइएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले अध्यादेश स्वीकृतसहित जारी गरेका हुन् ।

पौडेलले आइतबार सरकारको सिफारिसमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्।

मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले सहकारी बोर्ड खारेज गर्दै सहकारीसम्बन्धी सबै विषयमा नियमन गर्न आयोग गठन हुने व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading