प्रहरी नेतृत्वले चाहेमा छोटो समयमै यसरी हुन्छ सेवा प्रबाहमा फेरबदल 

काठमाडौं–प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीको मंसिरको अन्तिम हप्ता मात्र लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयबाट काज सरुवा गरिएको थियो । उनले प्रदेश प्रहरी कार्यालय मा हाजिर भएको दुई हप्ता मै सुशासन र जनमुखी कार्यमा महत्त्वपूर्ण कदम चालेको बताइन्छ ।

कार्यालयमा हाजिर भएको यति छोटो समयमा उनले आफ्ना मातहतका तराईका ६ जिल्ला, ६ वटा प्रहरी गण, प्रदेश ट्राफिक कार्यालय र इलाका प्रहरी कार्यालय बुटवल को निरीक्षण गरी अपराध नियन्त्रणमा कडाइ गर्न र शुसासन  एवम्  जनमुखि कार्य  सम्पादन र कानुन को समान प्रयोग गर्न निर्देशन दिएका छन् ।

प्रहरी संगठन कै आशालाग्दो प्रहरी अधिकारीको रुपमा दर्ज भएका उनले आफू खटेका हरेक ठाउँमा नयाँ सिर्जनात्मक कार्य बाट सेवा प्रवाह गर्दै उदाहरण प्रस्तुत गर्ने गरेका छन् । उनले आफ्ना मातहतको काम कारबाही को सुपरिबेक्षण गर्न सार्बजनिक सबारीसाधन र विभिन्न व्यापारिक मालसामान बोकेका गाडीहरूमा चेक जाँच गर्न आकस्मिक, जिल्ला कमाण्डरलाई नै खटाइ प्रहरीका काम कारबाही को सूक्ष्म निगरानी गर्ने गरेको , प्रहरी इकाईहरुको सेवाभाब बृद्धी गराउन अन्तर प्रहरी इकाई कार्यसम्पादन प्रतियोगिता गराइ उत्कृष्टलाई पुरस्कृत गर्ने नीति अख्तियार गरेको, प्रहरीले सन्चालन गर्ने गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम लाई कर्मकान्डी मात्र हुने गरेकोमा  समुदायसँग बैठक राखी तथा समुदायमा घनिभूत रुपमा नागरिक सुनुवाई कार्यक्रम गर्दै गर्दा प्राप्त प्रतिक्रियाका आधारमा कुन ठाउमा कस्तो समस्या छ समस्याको पहिचान गरि समस्यालाई प्राथमिकीकरण गरी प्राथमिकताका समस्यालाई समाधानमा स्थानीयहरूकै कानुन सम्मत सल्लाहसुझाव बमोजिम कहिले कहाँ कस्को साझेदारी वा सहयोग समेतको पूर्व योजना बनाइ तयार योजनाका आधारमा योजनाबद्द रुपमा कार्यक्रम लैजाने व्यवस्था गरेका छन् ।

सबै प्रहरी इकाईहरुमा नागरिक प्रति जवाफदेही (१) बुँदे नागरिक प्रतिज्ञा पत्र राख्न लगाएको, प्रत्येक प्रहरी इकाई ( ईलाका सम्म ) ले अनिबार्य नागरिक सुनुवाइ कार्यक्रम गर्नु पर्ने  र जनताबाट आएका प्रश्नको जबाफ सार्बजनिक रुपमा दिनु पर्ने, गस्ती लाई देखावटी र कर्मकान्डी नबनाएर सूचना संकलन, समस्याको पहिचान र अपराध नियन्त्रणमुखी बनाउन ग्रामीण प्रहरी गस्ती गाइड तयार गरी लागू गराएको, आफ्ना हाकिम वा आदर गर्नु पर्ने अतिथि आफ्नो कार्यालयमा निरीक्षण वा अन्यप्रकारले आउँदा सबै कर्मचारी लामबद्द भएर फुल खादा ओडाउने कार्य निरुत्साहित गर्दै एकजना कमान्डरले मात्र पुष्पगुच्छा दिएर आर्थिक मितब्ययिता अपनाउने, जस्को लागि खादा, माला लगाउन बन्द तथा पुष्पगुच्छा दिनुपर्दा आफ्नै कम्पाउण्डबाट जस्तो हुन्छ तयार गरी कमाण्डर एक जनाले मात्र दिनुपर्ने परिपत्र गरी उनले उदाहरणीय काम गरेका छन् ।

सबारी दुर्घटना कमगर्न ट्राफिक हाइवे गस्ती सुरु गरेका उनको पालामा नै भारतीय यात्रुवाहक सवारी साधनलाई नाकामा एकपटक पूर्णतया चेक गरेपछि गन्तव्यसम्म सहज जाने व्यवस्था गरेको, सवारी साधनलाई धेरै चेकिङ गरेर नागरिकलाई हैरानी भएको अवस्थालाई हृदयंगम गरेर चेक पोइन्ट जाम गरी सवारी नियम उल्लघंन रोक्न हाइवे गस्ती सुरु  भएको हो ।

यसका साथै ट्राफिक प्रहरीले चेक पोइन्ट थाप्ने गरेकोमा ट्राफिक गस्ती गर्नु पर्ने, ओभर लोढ गाडी नाकाबाट प्रवेश गर्दा जरिवाना काटेर छाड्ने गरेकोमा त्यस्ता कार्यले नेपाल तर्फको बाटोको क्षमताले सम्भाबित दुर्घटना नटार्ने हुँदा क्षमताअनुसार सामान बनाएर मात्र पठाउनु पर्ने, दाङ जिल्लाको उच्च दुर्घटनाग्रस्त क्षेत्र देखिँदा ढुंगा गिटि बालुवा बोकेका गाडीलाई कालाकोटबाट छुट्टै बाटोबाट हिड्ने व्यवस्था मिलाउन लगाएको र तष्mभ अबचम र कउभभम ष्mिष्तभ को व्यवस्था गर्न ३ दिने सूचना जारी गरिएको छ ।

  • राजस्व छली नियन्त्रण

विभिन्न नाका कंचनपुर , कैलाली , बर्दिया लगायतका ठाउबाट भारतबाट नेपाल गाई गोरु भित्र्याइ नेपालका कृषि फर्मको सर्टिफिकेट बनाएर नेपाल भित्र ओसारपसार गर्न पाइने कानुनको छिद्र प्रयोग गरेर गाई गोरु तस्करी हुने गरेकोमा कडा रूपमा नियन्त्रणको लागि निर्देशन दिँदै छुटेको नाकालाई कारबाही र समात्नेलाई पुरस्कृत गर्ने नीति तय भएको छ। भारत सरकारबाट बैधानिक रूपमा निर्यात गर्न नदिएका सामान जस्तै लसुन  जस्ता सामाग्री पैठारीमा नियन्त्रण, भन्सार छली नियन्त्रणमा नाकामै कडाइ गर्ने र एकपटक  चेक जाँच गरेका गाडीलाई ठाउँ-ठाउँमा जाँच गरि हैरानी नदिने, भारत प्रबेश गर्दा नेपाली गाडीलाई जे जस्तो शुल्क लाग्छ भारतिय गाडी नेपाल प्रबेश गर्दा पनि सोही मुताबिक गरि मित्र राष्ट्रसँग भाइचाराको सम्बन्ध बिकाश गर्दा मात्र भारतीय पर्यटक नेपाल आउन उत्साहित हुने हुँदा हाल कानुनमा भएका व्यवस्था लागू गर्दै सो गराउने तर्फ समेत संबधित निकायमा पहल कदमी गर्ने, ७ महिना अघि बेलैया नाकामा राखिएको इन्ट्रीगेटेड चेक पोस्टलाई  उद्देश्य मुताबिक प्रभावकारी बनाउने लगायतका काम उनकै पालामा भएका छन् ।

डिआइजी दान कार्की तस्करहरुको तारोमा पर्ने जोखिम मोल्दै आफुले सुशासनमा उल्लेख्य काम गर्ने भन्दै आफ्ना सिर्जनात्मक कामबाट अपराध नियन्त्रण र शान्तिसुरक्षामा फड्को मारेर जनताको मन जितेर प्रहरी प्रतिको जनधारणा मै सकारात्मक फड्को मार्ने प्रयत्नमा तल्लिन छन्। लुम्बिनी प्रदेश मातहत कपिलवस्तु राजमार्गमा कार्यरत एक ट्राफिक प्रहरी हवल्दारले नाम उल्लेख नगर्ने सर्तमा पहिलाको तुलनामा आधा महिनामै यस्तो प्रहरी काम कारबाहीको सुधार पहिलोपटक देखेको बताए । ‘हामी लाई कसैले खाजाखान जाउ भन्यो भने पनि कतै सरले पठाएका मान्छे त होइनन भनेर डर लाग्छ र हामी जान छाडेका छौं,’ ‘ एक सिनियर प्रहरी अधिकृत का अनुसार प्रदेश को नेतृत्व ले बदल्न खोज्दा कति सम्भब छ भन्ने गतिलो उदाहरण दान सर को १५ दिनका कामकारबाही ले छर्लङ्ग पार्छ।’

यसरी छोटो समयमा नै नेतृत्वले चाहेमा परिवर्तन गर्न सक्छ भन्ने उदाहरण बनेका छन् डिआइजी कार्की । नेपाली नागरिक प्रतिको नेपाल प्रहरी प्रतिज्ञा पत्र समेत हालै प्रकाशन गरिएको छ । डिआइजी कार्कीले प्रहरी प्रतिज्ञा पत्र अनुरुप नागरिकसँग प्रतिवेदन तयार पार्नु पर्नेे र नागरिक प्रति सदैव जवाफदेही हुन सबै प्रहरीमा आग्रह गरेका छन् ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading