
काठमाडौं । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ५४ मिनेटमा बैतडी सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
क्षति भए नभकोबारे विवरण प्राप्त भएको छैन । थप विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ । स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा पटक–पटक भूकम्प गइरहेका छन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.