प्रहरीका पाँच एसएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीहरू) को सरुवा भएको छ । मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो। सरुवा अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे पुगेका छन् ।

काठमाडौं परिसरबाट छोटो समयमै सरुवा गरेर थन्क्याइएका एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई भरतपुर शिक्षालयमा पठाइएको छ । ललितपुर परिसरमा रहेका शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ ।

ललितपुर परिसरमा एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंलाई भने चलाइएको छैन । एसएसपी वसन्तबहादुर रजौरेलाई हटाएर आफू जान केही एसएसपीले दौडधूप बढाएका छन् ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading