
काठमाडौं । अमेरिका पठाउने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भइ चितवन भरतपुर बस्दै आएका ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी नगरपालिका–२ घर भइ काठमार्डौं नागार्जुन बस्दै आएका ३१ वर्षीय राजन आले छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट मंगलबार पक्राउ गरेको हो ।
बेरोगजार युवायुवतीहरूलाई उनीहरुले अमेरिका पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोप छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.