
काठमाडौं । १३ वर्षिय बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा हिजो बुधबार भर्ना भएका उनको आज बिहान करिब १० बजे निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।
मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिक रूपमा कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिएका थिए।
सचिनको स्वास्थ्यमा समस्या आएको र उपचारको लागि रकम आवश्यक भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोग मागसमेत गरेको थियो।
भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा छाएका छन्। सचिनले महानयक राजेश हमालसँग पनि एक म्युजिक भिडियोमा अभिनय गरेका थिए। हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि उनी देखिएका थिए।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.