
काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (सोमबार) पनि जारी रहनेछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबारदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन लगायत एजेण्डामाथि छलफल हुनेछ ।
बिहान ११ बजेदेखि पुनः सुरु हुने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि विचार राख्नेछन् । बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई बोल्न समय उपलब्ध गराइएको छ । बैठकको पहिलो दिन हिजो आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए।
ती प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा, यज्ञ बोगटी, झपट बोहोरा, सहदेव बोगटी, प्रकाश शाह, नरबहादुर धामी, झपट रावल, कमला वली, कृष्णप्रसाद जैसी, सन्तोष शर्मा, कमला बोहोरा, गुलाबजंग शाह, धर्मराज रेग्मी, विनोद शाह र ठम्मरबहादुर विष्टले राजबहादुर बुढा, नगेन्द्र शाही, डम्बर सिंह, दल रावल, नवराज रावत र घनश्याम पाण्डे, शिवराज सुवेदी, नवीन रोक्का, सजिदा खातुन सिद्धिकी, लक्ष्मण ज्ञवाली, गणेश खनाल र खड्कबहादुर खड्काले आफ्ना धारणा राखेका थिए ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.