शङ्कास्पद लाइसेन्स परीक्षणमा

काठमाडौँ  । शङ्कास्पद लागेर रोकिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकतामाथि अध्ययन सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका यातायात कार्यालयमार्फत लाइसेन्स सक्कली वा नक्कली हुन् भन्ने विषयमा अध्ययन सुरु गरेको हो ।

सम्बन्धित कार्यालयका ढड्डामा भएको रेकर्डलाई आधार मानेर अध्ययन सुरु गरिएको हो । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाका अनुसार बागमतीका यातायात कार्यालयहरूले ती लाइसेन्सको अध्ययन गरेपछि सक्कली भए सम्बन्धितलाई वितरण गरिने छ । पहिचानका व्रmममा लाइसेन्स नक्कली भएको देखिएमा नस्ट गरिने निरौलाले बताउनुभयो ।

यसअघि विभिन्न कार्यालयबाट वितरण गरिएका एक लाख दुई हजार नयाँ लाइसेन्स नक्कली रहेको भन्ने शङ्का लागेपछि रोक्का गरिएको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले रोक्का भएका लाइसेन्सको ढड्डासँग दाँजेर विवरण ठिक भए खुला गर्ने प्रव्रिmया सुरु भएको बताउनुभयो ।

उहाँले लाइसेन्स जारी गर्ने र रद्द गर्ने अधिकार प्रदेशका यातायात कार्यालयलाई भएकाले चेकजाँच गरी ढड्डा अनुसार ठिक भएका लाइसेन्स खुला गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार नक्कली भनेर रोक्का गरिएको लाइसेन्स सम्बन्धित यातायात कार्यालयले ढड्डामा भएको रेकर्डसँग विवरण नभेटिए रद्द हुने छ । त्यस्तै लाइसेन्समा ‘ए’, ‘बी’, ‘सी’ को उल्लेख गरिएको भए पनि ढड्डामा ‘बी’ मात्रै रहे पनि चालकले ‘बी’ श्रेणीको मात्रै लाइसेन्स पाउने छ ।

सचिव निरौलाले उपत्यकाको एकान्तकुना, चाबहिल, भक्तपुर, ठुलो भ¥याङलगायतका कार्यालयबाट चेकजाँचको काम भइरहेको जानकारी दिनुभयो । आजको गोरखापत्रबाट


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading