७ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु चीन

काठमाडौं । आज बिहान नेपालमा गएको भूकम्पको केन्द्रविन्दु चीन रहेको र ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा तिब्बतको दिङ्ग्ये काउन्टीलाई केन्द्रबिन्दु बनाएर उक्त शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौलगायत अन्य जिल्लाहरुमा पनि महसुस गरिएको थियो । एकाबिहानै शक्तिशाली भूकम्प गएपछि मानिसहरु त्रसित भइ घरबाहिर निस्केका थिए ।

भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading