
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”
आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडौँसहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।
नेपालको सीमा नजिकै तिव्वतको भूमिमा ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.