
काठमाडौं । ताप्लेजुङ र संखुवासभाका उच्च हिमाली क्षेत्रमा सामान्य वर्षासँगै मंगललबार साँझदेखि हिमपात भएको छ।
पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।
हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हवल्दार मिलन कटुवालले जानकारी दिए ।
यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो ।
हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो ।
समान्य वर्षा र हिमपात हुन शुरु भएपछि भने केही राहत पुग्ने किसानले बताएका छन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.