अमेरिकामा शान्तिको कामना गर्दै सरोकार केन्द्रद्वारा शान्तिवाटिका दीप प्रज्वलन

काठमाडौँ । माघ १ गते काठमाडौको रत्नपार्क शान्तिबाटिकामा अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलशमा अमेरिकामा शान्तिको कामना गर्दै ” सरोकार केन्द्र ” द्वारा शान्तिबाटिकामा दिप प्रज्वलन कार्यक्र सम्पन्न भएको छ ।

सरोकार केन्द्रद्धारा संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अग्निनियन्त्रकहरू भीषण डढेलोबाट क्षति भएका मानव, जीवजनावर, सजिव एवम् निर्जीव, बनस्पती/बोटविरुवाहरुको क्षेती नहोस् भन्दै शान्तिको कामनाका लागि दिप प्रज्वलन सन्तिवाटिका आज कार्यक्रम गरिएको हो ।

सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी सर्बोच्च अदालतका पूर्व रजिष्ट्रार नारायण प्रसाद पन्थी हुनुहुन्थ्यो भने कार्यक्रम सन्चालन उक्त संस्थाको महासचिव जीवन शर्माले गर्नु भएको थियो ।

मृत आत्माको चिरशान्तीको कामना गर्दै एक मिनट मौन धारण पश्चात् सुरु गरियो । उक्त कार्यक्रममा अमेरिकाको ५० प्रान्तलाई इङ्गित गर्दै ५० वटा दिप ५० जनाबाट प्रज्वलित गरिएको थियो। उक्त कार्याक्रमका मुख्य अतिथी नारायण प्रशाद पन्थीले अमेरिकी जनताले डढेलोबाट ठुलो कष्ठ ब्यहोर्नु परेकोमा दु:ख ब्यक्त गर्दै मृत्त आत्माको चिरशान्तीको कामनाका साथ अमेरिका जस्तो विकसित देश समेतमा ७ दिन सम्म डढेलो नियन्त्रणमा आउन नसक्दा यसबाट अन्य मुलुकले गतिलो शिक्षा लिएर सोही अनुसार कार्ययोजना बनाउनु पर्नेमा जोडदिनु भयो ।

जलबायु परिबर्तनले गर्दा कुनै मुलुकले पनि प्रक्षेपण गरेको कुरा हुन नसकेकोले थप सतर्क हुनु पर्ने बताउनु भएको थियो। उक्त कार्यक्रममा विशेष अतिथीको रुपमा रहनु भए कोरिया नेपाल शैक्षिक परामर्श संस्थाका उपाध्यक्ष बिष्णु खडकाले अमेरिकी जनताले थप पीडा र क्षती ब्यहोर्न नपरोस भनेर नेपालमा दिप प्रज्वलन गरिनु यस संस्थाको साच्चिकै प्रसंशनीयकार्य रहेको र यस्तो कार्यले नेपाल प्रति नै अमेरिकी जनताको सकारात्मक सोच जागृत गराउने जुन काम सरोकार केन्द्रले गरेको छ यसले  देशको समेत इज्तत बढाएको बताउनु भएको थियो।

सरोकार केन्द्रका अध्यक्ष पन्थीले  आफ्नो समापन मन्तब्य दिदै अमेरिका र नेपाल भूगोलको हिसाबले दुई देश रहेता पनि मानव जाती,जनाबर र बन्यजन्तुमा संन्सारलाई एउटै मानिनु पर्दछ अहिले त्यहा डढेलोमा परि मृत्युबरण गर्ने ब्यक्तीलाई जति दर्द र पीडा हुन्छ नेपालमा रहेर त्यसरी मृत्युबरण गर्नेमा पनि समान पीडा हुने हुदा अमेरिकी जनतालाई थप पीडा नपरोस र जनाबर र बनस्पतिको पनि थप क्षती नहोस भनि शान्ति बाटिकामा दिप प्रज्वलन गरेर अमेरिकी जनता, सजिव एवम् निर्जिब बस्तु समेतको प्रार्थना गरेको र यसबाट नेपाल जस्ता देशले पनि शिक्षा लिएर जलबायु परिबर्तनले पार्ने पर्याबरणको असरबाट जोगिन तालिम प्राप्त जनशक्ति र उपकरण तर्जुमा गरिहाल्नु पर्ने बताउदै यस्ता कार्यक्रमले अमेरिकी र नेपाली जनताका बिचमा आत्मिय संम्बन्ध को बिकाश हुने छ ।

जुन कुरा दु:खको बेला हामी अमेरिकी जनता र सरकारको साथमा रहेको संन्देश हाम्रो संस्थाले दिनखोजेको बताउनु भएको थियो। उक्त कार्यक्रम मा कोरिया नेपाल शैक्षिक परामर्श केन्द्रका अध्यक्ष गणेश शर्मा लगायत उपस्थित हुनु भएको उक्त कार्यक्रम बेलुका ६ बजे शुरु भै ७ बजे समापन भएको थियो ।

 


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading