
काठमाडौँ । कोरिया शैक्षिक परामर्श संघ नेपालले सुक्रबार काठमाडौँको हात्तीसार स्थित नेपाल हाउसमा फेलोसिप एवम् मेम्वरशिप प्रमाण पत्र वितरण कार्यक्रम भव्यकासाथ सम्पन्न भएको छ ।
कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) बि.सं. २०७७ साल फागुन २६ गतेका दिन श्री गणेश शर्माको अध्यक्षतामा यस संस्थाको स्थापना भएको हो । शिक्षाको युगान्तकारी परिवर्तन र बदलिँदो परिस्थितिमा स्वदेशी एवम् वैदेशिक शिक्षामा सारथी यस कोरिया शैक्षिक परामर्श संघ (केक्यान) नेपालले भने आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
स्वदेशी वा वेदेशी विश्वविद्यालयमा पढ्नका लागि परामर्श दिने यस्ता शैक्षिक परामर्श संस्थाहरुले विद्यार्थीका लागि शैक्षिक अध्ययानमा जानु पूर्व विभिन्न भाषा, आईईएलटीएस, टोफल, जिम्याट, जीआरई जस्ता विभिन्न योग्यता परीक्षाका तयारी कक्षा पनि सञ्चालन गरिरहेका छन् ।
हात्तीसार स्थित नेपाल हाउसमा फ्लोसिप एवम् मेम्बरशिप प्रमाण पत्र वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार राष्ट्रिय सभाका पूर्व अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना, नेपाल प्रहरीका पूर्व डिएसपी हाल अधिवक्ता एवम् सरोकार केन्द्रका अध्यक्ष श्री गोविन्द पन्थी, एनआरएनए कोरियाका संस्थापक सदस्य श्री रुद्र प्रसाद शर्मा, वाईवाई मनि ट्रान्सफरका अध्यक्ष श्री ताराबहादुर थापा, अंकुर नेपालका निवर्तमान अध्यक्ष प्रकाश सुवेदी, सेभेन स्टार इन्टरनेशनल टूर एण्ड ट्राभल्सका संञ्चालक श्री शिव शर्मा बास्तोला, सञ्चारकर्मी जीवन शर्मा, कोरिया शैक्षिक परामर्श संघ नेपालका (केक्यान) का कार्यसमितिका सदस्यहरु, अन्य बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने, कार्यक्रम संचालन संस्थाका सचिव एसपी भट्टराईले गर्नुभएको थियो ।
राष्ट्रियगानबाट अगाडी वढाइएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष विष्णु खड्काले गर्नु भयो । स्वागत मन्तव्यकै क्रममा खड्का भन्नु भयो, स्थापना कालदेखि नै यस संस्थाको मलजल र कयौ चुनौतिलाई चिरफार गर्न हाम्रा अध्यक्ष लगाएत सिंगोटिमको ठुलो हात रहेको छ । यस संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिनु हुने सबै संस्था प्रति हाम्रो सदैव सहयोग शुभकामना रहने छ भन्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ठ अतिथि र अतिथिहरुले संयुक्तरुपमा पानसमा बत्तिबालेर कार्यक्रमलाई समुदघाटन गर्नु भएको थियो । फेलोसिप एवम् मेम्वरशिप प्रमाण पत्र वितरण कार्यक्रममा नयाँ आवद्ध संस्थाहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने यस संस्थालाई सहयोग र योगदान पुर्याउने संस्थालाई सम्मान पत्र एवम् मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार राष्ट्रिय सभाका पूर्व अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिनाले यस कोरिया शैक्षिक परामर्श संघ नेपालले गर्दै आएको कामको प्रशंसा गर्नु भएको थियो । यस संघका प्रतिनिधि संस्थाहरुले विद्यार्थी र अभिवावकहरुको हकहितलाई केन्द्रमा राखेर शैक्षिक परामर्श सेवा प्रदान गरेको थाहापाउदा मलाई खुसिलागेको छ ।
नेपालबाट शैक्षिक अध्ययन गर्न विद्यार्थीहरु कोरिया लगाएत अन्य मूलुक जाने गरेकाछन् । यदि नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न सकियो भने नेपालको आर्थिक र पर्यटनको क्षेत्र ठुलो टेवा पुग्ने बताउनु भयो ।
यसै गरि नेपाल प्रहरीका पूर्व डिएसपी हाल अधिवक्ता एवम् सरोकार केन्द्रका अध्यक्ष श्री गोविन्द पन्थीले आफ्नो मन्तव्यका क्रममा भन्नु भयो । ३० बर्षे सत्ताको अनुभव मैले राम्रोसँग नियालीरहेको छु । म नेपाल सरकारको प्रहरी संगठन अन्तर्गत शिविलमा लामो समय काम गर्ने मैका पाए । सीआईवी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलय, मानव वेचविखन तथा ओसारपसार कार्यलयमा रहदा धेरै घट्नालाई निल्यालने अवश्वर पाएको छु भन्दै यस संस्थाको सफलताको शुभकामना दिनुभएको थियो ।
यस्तै कार्यक्रमका सभापती एवम् संस्थाका अध्यक्ष शर्माले भन्नु भयो:-
संस्थाका सहसचिव एवम् सदस्य तथा अनुशासन कमिटिका संयोजक नरेश सेडाइ ज्युले पनि उदाहारणीय काम गरिरहनु भएकोमा मुक्तकण्ठले प्रशंसा गर्दछु, शैक्षिक परामर्श छातासंगठनहरुलाई (केक्यान) ले सदैव सहयोग गर्नेछ । यसै गरि सदस्य तथा अनुशासन कमिटिका सचिव द्रोर्ण विक्रम थापा र विनोद भण्डारीज्यू पनि बिशेष धन्यवाद भन्नु भयो । यसै गरी खुसी ईन्टरनेशल कन्सलटेन्सी एजुकेशन सेन्टर प्रा.लि.का प्रतिनिधि अर्जुन भट्टराई ज्युले गर्नु भएको सहयोग सदैव प्रशंसारत रहेनेछ भन्नु भयो ।
नेपालका शैक्षिक संस्थाहरुले विदेशी विद्यार्थी ल्याउन सक्ने वातावरण सिर्जना गर्न सरकार सदैव अग्रसर रहने बतानु भयो । अन्त्यमा: कोरिया शैक्षिक परामर्श संघ नेपाल अध्यक्ष शर्माले अब कुनैपनि शैक्षिक परामर्श र परामर्श व्यवसायीहरु उच्च शिक्षा ऐनदेखि त्रसित नहुन आग्रह गर्नु भयो ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.
You must be logged in to post a comment.