
काठमाडौँ । पूर्व ओखलढुङ्गाको ज्यामीरेबाट नवउदयमान तारा हुन् हंशराज वाग्ले । सामान्य घरपरिवारमा जन्मिएका वाग्ले वाल्यकाल सिद्धिचरण नगरपालिका वडा नं. ९ ओखल्ढुंगामा वित्यो ।
सानै उमेरदेखि चतुर र केहि गर्नु पर्छ भन्ने भावनाका साथ विद्यालय जीवनमा निकै सफल छात्रको रुपमा स्थापित रहेका थिए । सानै उमेर देखि खेल क्षेत्रमा निकै चासो दिने वाग्ले विद्यालय स्थर देखि नै भलिवल खेलमा निकै राम्रो खेलाडीका रुपमा चिनिएका पात्र हुन् ।
हसिलो अनुहार सल्लक परेको जिउडाल, अनि खेलक्षैत्रमा अव्वल रुपमा परिचित वाग्लेलाई नचिन्ने साएद कमै होलान् । विद्यालय स्तर, क्षेत्रीय स्तर, पूर्वाञ्चल भलिवल प्रतियोगिताको विजेता हुदै राष्ट्रिय एवम् अन्तराष्ट्रिय भलिवल खेलाडीका रुपमा चिरपरिचित हुदै आएका नवयुवा हुन् । राष्ट्रिय खेलकुद परिषदको राष्ट्रिय भलिवल प्रशिक्षक जिम्मेवारी समेत समलिसकेका छन् । तत्कालिन समयमा राष्ट्रिय भलिवलको स्थर खस्कदो अवस्थालाई हंशराज वाग्लेले प्रशिक्षक भएको वखत निकै सुधार ल्याए र खेलाडीको हकहित एवम् पारिश्रमिकको विषयमा आवाज उठाए ।
पारिवारिका पृष्ठभूमि नेपाली कांग्रेस भएकै कारण उनि पनि नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखल्ढुंगा निर्वाचित कार्यसमिती सदस्य भए । त्तपश्चात दुई पटक नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि भएर संगठनमा काम गरे ।
नेपाली कांग्रेस आवद्ध नेपाल वैदेशिक रोजगार लोकतान्त्रीक एसोसीयसनको अध्यक्ष र नेपाल बैदेशिक रोजगार व्यवसायी संघको केन्द्रीय अध्यक्षका रुपमा दुई पटक अध्यक्षको बागडोर समालेका वाग्लेले वैदेशिक क्षेत्रमा देखा परेका विभिन्न समश्यालाई समाधान गर्न राज्यसँग हदै सम्मको प्रयास गरे । व्यावसायीहरुको हकहितका लागि लगानीको सदुपयोग, वैदेशिक रोजगारमा जाने युवायुवतीहरुको हक अधिकार सुनिचित एवम् सिपमूलक तालिम, कम लगानीमा श्रम स्वीकृति, वायोम्याट्रिक मेडिकलमा सहजता, कामदार हवाई भाडाका एकरुपता जस्ता अन्य धेरै उल्लेखनिय काम गरेका थिए ।
उनै वाग्ले नेपाली कांग्रेस पार्टी छाडेर नेकपा एकीकृत समाजवादी पाटीले उनलाई स्वागत गरी ओखलढुङ्गाको जिल्ला अध्यक्ष तथा कोसी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिएको थियो । नेकपा (एकीकृत समाजवादी) ओखलढुंगा जिल्लाका अध्यक्ष हंशराज वाग्ले नेपाली कांग्रेसमा फर्किएका छन् । वाग्ले बिहीबार एकीकृत समाजवादी त्याग्दै नेपाली कांग्रेसमै फर्किएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा माला लगाएर वाग्लेलाई पार्टीमा स्वागत गरे । वाग्ले यसअघि समाजवादीमा जानु पहिले नेपाली कांग्रेसकै जिल्ला सदस्य थिए । कांग्रेस सभापति देउवाले भने कहिलेकाहि बाटो हिडने क्रममा बाटो बिराईन्छ । जे होस् सझेर पुरानै बाटोमा आउनु भयो स्वागत छ । राम्रो काम गर्ने व्यक्तिलाई संगठनले स्थान दिन्छ । सहि जिम्मेवार भएर अगाडी वढ्न देउवाले सुझाव दिएका थिए ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.
You must be logged in to post a comment.