
दाङ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको टरिगाँउ विमानस्थलको स्तरोन्नतिका लागि पहल गर्ने बताएका छन् । आज (शुक्रबार) दाङ पुगेका प्रचण्डले व्यवसायीहरूसँगको भेटमा विमानस्थल स्तरोन्नतिका लागि पहल लिने बताएका हुन् ।
तुलसीपुर उद्योग वाणिज्य संघ विनिल केसी नेतृत्वको टोलीले शुक्रबार बिहान प्रचण्डलाई भेटेर विमानस्थल स्तरवृद्धिका लागि ध्यानाकर्षण गराएका थिए । उनीहरूले यसअघि माओवादीकै नेताहरूलाई पटकपटक ध्यानाकर्षण गराउँदा पहल नगरेको गुनासो पनि अध्यक्ष प्रचण्डलाई सुनाएका थिए ।
जबाफमा प्रचण्डले यसअघि राजनीतिक खिचातानीका कारण विमानस्थल विस्तारको काम रोकिएको बताउँदै अब आफूले पहल लिने प्रतिबद्धता व्यक्त गरे । उनले दाङकै केही नेताहरूका कारण पनि ढिला भएको बताए ।
‘तुलसीपुरमा बनाउनु भन्दा अन्त बनाउन पाए हुन्थ्यो भन्ने चाहानाको राजनीतिले पनि यो डिले भइ राख्या हो,’ प्रचण्डले भने, ‘प्राबिधिकपनि केही कारण छन् तर मेन कारण राजनीति थियो । तर, अब चाँही विस्तारै टरिगाँउ एयरपोर्टका बारेमा राजनीतिक तहमा एक रुपता हुँदैछ,’ प्रचण्डले भने । अ
ध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले टरिगाउँ एयरपोर्ट बनाउन पहल भएको स्मरण गर्दै अब टरिगाँउ एयपोर्ट बिकासलाई कसैलेपनि रोक्न सक्ने स्थिति नरहेको उनले बताएका थिए ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.