मुख्यमन्त्री र स्वीस प्रतिनिधिबिच भेट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस सरकारका प्रतिनिधि बिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि ‘हेड अफ कर्पाेरेसन’ म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलबिच भेटघाट भएको हो ।

विकास साझेदार संस्थाका प्रतिनिधिसँगको भेटवार्तामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वीस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गर्नुभएको थियो । उहाँले ७५ वर्षदेखि नेपाल र स्वीस सरकारको सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध अझै प्रगाढ र विस्तार हुने बताउनुभयो ।

नेपालको सङ्घीयता र संविधान कार्यान्वयनका लागि गरेको सहयोग महत्त्वपूर्ण भएको मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभयो । उहाँले वित्तीय सङ्घीयता बलियो बनाउन स्वीस सरकारको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो । साथै मुख्यमन्त्री कार्कीले यस कार्यमा थप सहयोगको आवश्यकता रहेको बताउनुभयो।

मुख्यमन्त्री कार्कीले राजनीतिक स्थिरता कायम भएकोले कामहरूलाई दु्रत गतिमा अगाडि बढाउने विश्वास दिलाउँदै कोशी प्रदेशमा लगानी सम्मेलन, पर्यटन सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनको तयारी गरिरहेको जानकारी दिनुभयो । यी गतिविधिहरूबाट प्रदेशको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading