तोलाको २७ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रूपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कारोबार भएको सुनको मूल्य आज १ लाख ६७ हजार ५ सय रूपैयाँमा झरेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि १५ रूपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४३ हजार ६०५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७६ रुपैयाँ रहेको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading