एउटा प्रहरीको प्रदेश प्रमुखले चाहदा  मात्रै त यति  बदलाव ल्याउन सक्छ भने प्रहरी संगठन प्रमुखले नै चाहदा त ! सरकारले यसबाट शिक्षा किन नलिने?

काठमाडौँ । काम विशेषले दाङ जानु पर्ने थियो । बाटो खराब छ भन्ने जानकारी हुदा पनि कस्तो भएको रहेछ । धेरै भयो नहिडेको भनि यात्रा तय गरियो। साथमा सञ्ञचारकर्मि जिवन शर्मा पनि हुनुहुन्थ्यो । आफुले नेपाल प्रहरीमा लामो समय काम गरेको संस्था भएकोले बाटोमा पर्ने प्रहरी इकाईहरु र कर्मचारीका कामकारबाही र उनिहरुको जनता सँगको ब्यावहार मूल्यांकनको विषय हुने नै भए । अझ, साथमा खोज पत्रकारिता गरिरहनु भएका सञ्ञचारकर्मी मित्र साथमै हुदा झनै हेर्दै गयौं ।

कतिपय स्थानका प्रहरी कर्मचारीले मलाई चिन्दा उनिहरुको म प्रतिको प्रतिक्रिया सुन्दा सञ्ञचारकर्मि मित्रको थप जिज्ञासा गज्जबका रहन्थे। किनकी, उहाँले त्यसै मौकामा आफ्नो खोज पत्रकारितामा मसला ल्याउने प्रयास गर्नु हुन्थ्यो ! हामीले दाङ्गको यात्रा तय गर्नु एक दिन  अघिमात्र प्रधानमन्त्री ज्युले नारायणघाट-बुटवल सडक खण्डको सडक ५ बर्षमा ६०% सम्पन्न भएको काम एक बर्षमा ४०% कसरी सम्भब छ ? ठेक्का तोड्नुको बिकल्पै छैन, भनेको भनाइको राम्रै प्रभाब परेको देखियो ।

नारायणघाट-बुटवल सडक खण्डमा सयौ स्काभेटर कामदार सहित तल्लिन हुदा यसरी काम भएँ पो, बिकास देखिने गरि हुन्छ भन्दै दाउन्ने  पुग्दा केही समय धुलाम्यै बाटोमा रोकिनु पर्यो । तर त्यो काम कै क्रममा रहेछ । रोकिदा पनि दु:खित हुनु परेन। कतिपय स्थानको प्रहरी र जनता, चालक र प्रहरीका कामकारबाही अबलोकन गर्दै कतिपय स्थानमा आफुले लामो समय काम गरेको संस्थाका कर्मचारीको कृयाकलापमा जनताले तेर्साएको प्रस्न देख्दा दु:ख लाग्थ्यो। त्यसरी जाँदै गर्दा ३ वटा प्रदेश प्रहरीका काम कारबाही अबलोकन गर्ने, भोग्ने र महशुस गर्ने मौका पनि जुर्यो।

पश्चिम नवलपरासीबाट दाङ्ग सम्म पुग्दा भने प्रहरीका कामकारबाहीमा धेरै भिन्नता महसुस भयो। गाडी रोक्दा, चेकजाँच गर्दा सबैले नमस्कार सहित मुस्कानका साथ सेवा दिइरहेका थिए। यत्तिकैमा चन्द्रौटा पुग्दा एउटा सडक बालकलाई नम्बर नखुलेको गाडिले हान्दा दुर्घटना हुदा बालकको मृत्यु हुदा गाडी खोज्ने क्रममा प्रहरीले सबै गाडी रोकेको रहेछ ।

संख्या धेरै हुदा प्रहरीले जबाफ दिनै हम्मे परेको देखियो। फोर्स गाडिले हानेको भन्नेसम्म cctv फुटेज आएको बुझियो, तर  त्यस्तो ठूलो दुर्घटना घट्दा र अनुभवको कमिलेले होला सायद सबै सवारिनै रोकेको देखियो । चन्द्रौटाका प्रहरी प्रमुख चाहिँ ७:०० नै  सिभिल ड्रेसमा आफ्नो चेकिङ्ग चलाएको र सेवाग्राही प्रती राजर्षि पारामा हप्काएको देखे पछि सन्चारकर्मी मित्रले सिभिलमा रहेकी महिला प्रहरी सँग केही जिज्ञासा राख्दा उनी पनि आफ्नो हाकिम कै  अनुयायी जस्तै गर्दा उहाले video नै कैद गर्न भ्याउनु पनि भएछ। त्यहाको प्रहरी कामकारबाही चाहिँ गैरव्यावसायीक नै लाग्यो । तर, पनि मैले दवावमा भएर होला भनी सामान्यरुपमा लिदै  अघि बढ्यो ।

दाङ्ग पुगेर एउटा कार्यक्रममा पुग्दा संयोगले भन्सारका एक कर्मचारी भेट भए । परिचय गर्दा गुल्मी घर भन्ना साथ लुम्बिनी प्रदेश प्रहरी प्रमुख दान बहादुर कार्की सरको नाम लिदै एउटा कहानी सुनाएँ । बेवारिसे गोरु पक्राउ गरेर  प्रहरीले भन्सार पठाएकोमा प्रमुख जिल्ला अधिकारी (सिडियो साब) र हाम्रा हाकिमसाब बिच कुरा भएछ, कागजात मिलेर आएका थिए । मैले गोरु प्रक्रिया मिलाएर लिलाम गरिदिए।

प्रहरी नायव महानिरिक्षक (डिआईजिपि) सर काठमाडौ जानुभएकोमा सिडियो साब सँग के-कुन कानुन अनुसार बेवारिसे गोरु दुई दिनमै लिलामी भए ? अब, बाटोमा भेटिएका सबै बेवारिसे चिजबस्तु लिलाम गर्नुस् ? म सब प्रहरी इकाईलाई पठाउन लगाउँछु भनेर गम्भीर असहमति जनाए । पछि उहाँले मलाई  डिआईजिपि सरलाई फोन गर्न भन्नू भएको रहेछ । मैले के ! फोन गरेको थिए ।

सरले फोनमै १० मिनट लेक्चर हान्नु भयो । मैले  लिलाम भैसकेका गोरुका कागजात च्यातेर फाले सर। पछि गोरु किसानलाई बितरण गरिए। धन्नै डिआईजिपि सरले मेरो जागिर धरापमा पारिदिनु भएन ! उहाँ त खतरा हुनु हुदो रहेछ ! भनेको सुन्दा, यो सुन्दा सामान्य लागेपनी प्रहरीका हाकिमहरु प्राय गृहमन्त्रालयका सुब्बा सम्मलाई एसएसपी सम्मले जय नेपाल गरेर चाकडी गर्ने गरेको देखिएकै थियो ! तर त्यहात सिडियो साबलाई नै कानुन सिकाएर, कानुन बमोजिम मात्र चल्ने र भैसकेको काम पनि च्याथेर बदल्ने बनाउनु भनेको चानचुने कुरा थिएन। त्यो आफू नचुकेको र कुनै हालतमा जस्तोसुकै जोखिम मोलेर भए पनि कानुन कार्यान्वयन गरेरै छाड्छु भन्ने प्रतिज्ञाको परिणाम नै हो । सञ्ञचारकर्मि शर्माले ल न सर, त्यस्तो हिम्मतवाला डिआईजिपिलाई भेटौ ? उहाँलाई धन्यवाद भन्न’ पर्छ । त्यस्ताको पछि त, तस्कर सरुवा पनि गराउन पक्कै लागेका होलान् भन्दै गर्दा भेट्न खोज्दा, उहाँ बुटवल झर्नु भएको सुचना मिल्यो। फर्कदा राजनीतिकर्मी, व्यावसायीहरु भेट्दै फर्कने निधो गरियो। तस्करीको अवस्था, प्रहरी काम कारबाहीमा जिज्ञासा राख्दै आउदा, राम्रो गरेका राजनीतिकर्मी जो जनताको माँझमा लोकप्रिय छन्, उनिहरुबाट डिआईजिपि दानबहादुर कार्की सर प्रति सकारात्मक जबाफ मिल्यो भने अनियमिततामा रमाउने राजनितीकर्मीबाट भने डिआईजिपि घमन्डी छन्, हामिले भनेको टेर्दैनन पनि भने ।  त्यस्तोमा सन्चारकर्मी मित्रले के भन्दा, के मान्नु भएन सर ? भनिसोध्दा नाकाबाट ल्याइएका गोरु बाटोभरी छन् लैजान दिदैन्। यसो माननियलाई लिएर भेट्न जादा पनि ठाडै जबाफ दिन्छन्। हामि त सरुवा गराइदिनु पर्यो भनेर पनि गयौ अहिले सम्म भएको छैन। घमण्डि रहेछन् भन्ने प्रतिक्रिया सुन्दा हामी हास्यौ र समिक्षा गर्दै  कस्तो छ है, हाम्रो मुलुकका राजनितीकर्मी ! यस्तो तस्करी नियन्त्रण, सुशासन र जनसेवा त उनीहरुको नै काम हुनु पर्ने ? किनकी, राजनिती सेवा नबनाएर जब पेषा बनाइन्छ हुने यस्तै हो, अनि त जनआक्रोश व्याप्त छ भन्दै भालाकुशारी गर्दै फर्कियौ ।

जादा अलि रात परेकोमा फर्कदा कपिलवस्तु, जुनठाउँ गोरु तस्करीहरुको पहिलै देखीको मुल थलो थियो । त्यस ठाउँका प्रहरी कर्मचारीको कामकारबाही र ब्यावहार नियाल्दै फर्कने सल्लाह भयो । कतिपय बाटोमा चिनजान भएका प्रहरीलाई सोधियो, तस्करीको लाइन खुल्यौ रे ! के छ त ? भन्दै सोध्यौ पनि । उनिहरुको जबाफ हामी त कसैले चिया खान जाउ भन्यो भने पनि डिआईजिपि सरले पठाएको मानिस होकि जस्तो लाग्छ सर!  हाम्रो कार्यालय प्रमुख सरको पनि प्रत्येक साता र महिनामा मुल्यांकन गर्न कार्ड पठाउनु भएको छ ।

प्रत्येक कार्यालयमा १० बुदे नागरिक प्रतिज्ञापत्र टासिएका छन्। कस्ले कुन युनिटले जित्ने भनेर विभिन्न सिलिङ तोक्नु भएको छ। यस्ता प्रदेश प्रहरी प्रमुख त आजसम्म देखिएको र भोगिएको थिएन हजुर ! हाकिमले पनि हामीसँग नमाग्ने हुदा त हामिले पनि ढुक्क सङ्ग डिउँटी गर्न पाइएको छ। काठमाडौको धुलो-धुवा त खानु परेको छैन भन्ने जबाफ मिल्यो, नचिनेका स्थानमा समेत हामी सेवाग्राही भएर जादा नमस्कार के चाहियो सेवा? कहाँबाट कहाँ जाने? कागजपत्र त पक्कै ल्याउनुभएको होला। सिट बेल्ट बाध्नु होला हाइवेमा स्पिड धेरैहुदा दुर्घटना हुन सक्छ भनेर सन्देश मुलक उपदेश दिदै नमस्ते गरेर पठाइदा साच्चिकै आनन्द पनि आयो।

जब, बुटवल आइपुग्न लागियो सञ्ञचारकर्मि शर्माले यस्तो प्रहरी प्रमुख त भेटेरै जाउँ सर। उहाँलाई धन्यवाद दिनु पर्छ हामी नागरिक अझ सन्चारकर्मीको त राम्रो काम गर्ने को प्रसंम्सा गर्ने र नराम्रो गर्नेको उजागर गर्ने धर्मै हो भनेपछी फोन गरियो। तालिम केन्द्रमा नयाँ नियुक्ति प्रक्रिया चल्दै रहेछ । केही समय कुराकानि गर्यौ र कुराकानिकै क्रममा दान कार्की सरलाई मैले राजस्व पनि हजुर आए पछि पक्कै फरक परे होला कति फरक आयो भनी सोध्दा २०८०/०८१ को माघ महिनामा ४ करोड ८९ लाख ५५ हजार चार सय पचास राजस्व छली पक्राउ गरिएको रहेछ भने २०८१/०८२ को माघ महिनामा शत प्रतिशत बृद्धि भै ९ करोड ४ लाख ६५ हजार तिन सय पचास अबैध राजस्व छली वृद्धि भएको रहेछ भने, फरार अभियुक्त ५७१ जना एकै महिनामा समातिएको जानकारी मिल्यो । जुन कुराले हामी आश्चर्य चकित भयौ ! जुन नेतृत्वले चाहदा भएको ठुलोमात्राको सफलता हो । सरलाई यस्तै राम्रो र श्रृजनात्मक कामको  निरन्तरता को सफलताको शुभकामना भनेर फर्कियौ ।

फर्कदा दुई दिनमै बाटोको प्रगति देख्दा गरे के नहुने रहेछ भन्दै आइयो। यस्को लागि प्रधानमन्त्रीले एक शब्द बोल्दा त आखिर हुने रहेछ त! मिलिभगत हुदा नै हो काम नहुने भन्दै आइयो। बाटोमा गण्डकी प्रदेश र बाग्मती प्रदेशका प्रहरी कर्मचारीको ब्यावहार र लुम्बिनी प्रदेशका प्रहरीको ब्यावहार दाज्दै फर्कियौ। आखिर एउटै ब्यक्तीले परिवर्तन गर्न खोज्दा एउटै तालिम गरेका प्रहरीमा कस्तो फरक पर्दो  रहेछ !

सञ्ञचारकर्मि शर्मालेले प्रहरी नेतृत्वले कति फरक पार्दो रहेछ है सर भन्नु भयो। त्यो पक्कै पनि पर्दछ। ‘Right Man in Right places’ हुदा त्यस्ले परिणाम पनि राम्रो दिन्छ नै। प्रहरी मात्र सच्चियो भने ६०% सुशासनमा सुधार आउँछ। जुन कुरा लुम्बिनी प्रदेशको मात्र दुई महिनाको तथ्यांकले प्रस्ट पार्छ। फेरि प्रहरी chain of command मा रहने हुदा उसलाई सुधार्न तुरुन्तै सकिन्छ जस्को उदाहरण आफ्नै आखाले हामिले लुम्बिनी प्रदेश मै देख्यौ  नै। तर यहाँ गर्न खोज्नेलाई नियोजितरुपमा  Damage गरिन्छ र तस्करीको बोलवाला गराइन्छ। त्यही उद्देश्य कै लागि राजनितीकर्मीले राम्रा व्यावसायिक अधिकृत होइन कि आफ्ना एस म्यान अधिकृतको खोजी गरिन्छ। अनि सुशासन को लन्का पिट्छन। अनि जनताको मुल्यांकनमा तिरस्कार पर्दछन र सामाजिक सञ्जाल माध्यामबाट ! जुन जनमत प्रकट भएकै छ ।

तसर्थ: बर्तमान प्रधानमन्त्रीलाई मेरो सुझाव छ कि, बिद्यमान कानुन, कर्मचारी तन्त्रको सोच र कार्यशैली र ‘हाम्रा सामाजिक सोच यस्तै रहदा प्रधानमन्त्रीको कुर्चिमा हिन्दुहरुले मान्ने गरेका सबैभन्दा ठूलो बिस्णु भगवालाई बिराजमान गराए पनि उनले समेत हार खाएर मैले सुधार गर्न सकिन भनी कुर्सी छाड्ने छन् !’ तसर्थ तपाईंको सुधार गर्ने सोच बिचार हुदा पनि त्यो सम्भब नभएको हो। १४ बर्षको लामो जेल जीवन बिताउनु भएको तपाईं पटक-पटक अप्रेशन गरेर नयाँ जीवन पाउनु भएको तपाईंलाई जीवनलाई उत्तरार्धमा पक्कै देशको लागि केही गरेर जाने इच्छा पक्कै छ । त्यो तपाईले बेला बेला ब्यक्त गर्ने गरेका कुराबाटै बुझ्न सकिन्छ ।

तपाईले त्यहिभएरै केही जनताले देख्ने र अनुभुती गर्ने गरि परिबर्तन ल्याउनु पर्छ भनेरनै  हो ऐन कानुन पास गर्ने झन्झटिलो र लामो संसदि  प्रक्रियाको बाटो छाडेर अध्याधेश ल्याएको ! तर नियम आफै कार्यान्वयनमा जाने त होइनन ! संरचनाले लैजानुनै पर्यो ! तर यथास्थितिमा त्यो सम्भब प्राय छैन ! यहि अबस्थामा त्यो तपाईंको इच्छा  मृगतृष्णामा सिमित रहनेछ। त्यसैले तपाईले बोल्ड निर्णय गर्नुस ताकी ६०% सुशासन दिनसक्ने प्रहरी संगठनलाई मजबुत र भरपर्दो र जनसेवामा समर्पित तुल्याउन सक्नु हुनेछ र तपाईंले चाहेको र देखिने गरि परिबर्तन हुनेछ। त्यसको लागि  प्रहरीका सात राम्रो व्यावसायीक डिआईजिपी छनोट गर्नुस् र प्रदेशमा पठाउनुस्। आन्तरिक प्रतिसप्रदा  (कामको) गराएर नम्वरिङ गर्नुस् र त्यसरी नै प्रहरीको प्रमुख नेतृत्व छनोट गर्नुस् ।

यो प्रहरीको नेतृत्व फेरबदल हुने बेला पनि भएको छ। कुनै एस म्यानलाई प्रहरी नेतृत्वमा पुर्याउनु भयो भने, तपाईहरुले भनेको कुरात तामेल गर्छ । जसरी आफैले clean चिट दिएका व्यक्तीलाई अहिले आफै देशका विभिन्न शहर घुमाए जसरी, तर त्यस्तो कार्यले जनता भने तपाई प्रति अर्थात सरकार प्रति नै दिनप्रतिदिन रुष्ट हुँदै जानेछन ! राजनीतिक दल प्रतिको वितृष्णाले सुन्दर लोकतान्त्रिक व्यावसायीक नै धर्मराउने छ । त्यतिखेर सुधार गर्छु भन्दा पनि तपाईलाई समय अभाब हुने छ। बेलैमा सोचौ। हाम्रो प्राकृतिक रुपले हराभरा देशलाई बिदेशिको परेड स्थल हुनबाट जोगाऔ! सुन्दर शान्त र सम्बृद्द देश बनाऔ!! त्यसले नै तपाईंको बिगतको त्यागलाई इतिहासले कैद गर्ने छ र एक हिम्मतिलो र गर्नसक्ने एबम जन-प्रिय प्रधानमन्त्रीको पगरी गुथेर तपाईंको इतिहास लेखिनेछ। शुभकामना ।
(लेखक: पूर्व डिएसपी हाल अधिबक्ता हुनुहुन्छ)


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading