बाँके प्रहरीद्धारा ७ सय २२ ग्राम ब्राउन सुगर सहित युवा पक्राउँ

निगरानी ब्युरो/ बाँके । बाँके प्रहरीद्धारा ठुलो परिमाणको मात्रमा ब्राउन सुगर प्रकाउ गरेको छ । अवैध लागूऔषध ब्राउन सुगर ७ सय २२ ग्राम ६२ मिलिग्राम आज  दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त लागु लागूऔषध ब्राउन सुगर इलाका प्रहरि कार्यालय जमुनाहाबाट प्र.नि.उपेन्द्र बुढाथोकीको कमाण्डमा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ला.औ.नि.ब्युरो कोटेश्वर काठमाडौँको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको  देश भारत जिल्ला बहराईच काजिपुरुवा बस्ने बर्ष २१ को अल्बक्स खाँलाई शंका लागि चेकजाच गर्दा निजको साथबाट ला.औ.ब्राउन सुगर  खैरो धुलो पदार्थ शुद्ध तौल ७२२ ग्राम ६३ मिलि ग्राम सहित निज अल्बक्स खाँलाई नियन्त्रमा लिईएको छ ।

साथै अस्थाइ प्रहरी पोष्ट बसपार्क बाँके लुम्बिनी प्रदेशमा कार्यालयबाट प्र.स.नि.गोबिन्द बि.क.को कमाण्डमा खटिएको गस्ती टोलीले जिल्ला बाँके नेपालगंज उ.म.न.पा.-१ वाटरपर्क स्थित भारतबाट अबैध रूपमा भन्सार छलि गरी कुर्ता सुरूवाल ३० पिस,ढोकामा लाउने पर्दा ५ पिस गरी अं.१५,७५० मुल्य बराबरको सामान ब्यबारिसे अवस्थामा राखेको सामान फेला पारी बरामद गरिएको छ ।

लुम्विनी प्रदेश प्रहरी प्रमुखको रुपमा डिआईजी दानबहादुर कार्की २०८१ मंसिरको अन्तिम हप्तामा सरुवा भई लुम्विनी प्रदेश प्रहरी कार्यलयमा हाजिर हुनासाथ उनले प्रदेश भरिका प्रहरी इकाईहरुलाई चुस्तदुरुस्त राखी कामको आधारमा मूल्याङ्कनको अवधारणा ल्याई प्रहरीका युनिटहरुलाई आन्तरिक प्रतिस्पर्दा गराएर फिल्डमा खटिन र परिणाम ल्याउनको लागि प्रोत्साहित गरेका कारण दुई महिनाकै अवधिमा लुम्विनी प्रदेश प्रहरी कार्यालयले राजश्व, फरार अभियुक्त, ट्राफिक कार्वाही र लागु औषध नियन्त्रणमा उल्लेखनिय सफलता हासिल गर्दा जनस्तरमै परिणामुखि हुन पुगेको छ । जस्को परिणाम स्वरुप बाँके प्रहरीलाई यो पछिल्लो सफलता मिलेको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading