
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने चार किलो सुनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेको प्रहरीले जनाएको छ । उनीहरु विदेशी नागरिकहरु हुन् । पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् ।
उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभ बाहेक अरु सबै महिला हुन् ।
फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनीहरुमाथि अनसुन्धान भइरहेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.