
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालले सञ्चालन गरेको पूर्वारम्भ (प्रि–लञ्चिङ) कार्यक्रमले जनतालाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्ने मुख्य सुझाव दिएको छ ।
माघ १ गते देखि ३ दिनसम्म चलेको पूर्वारम्भ कार्यक्रमको अवसरमा आयोजित समूहगत छलफलमा विभिन्न क्षेत्रका विज्ञहरुले जनताको विश्वास जित्ने गरी सार्वजनिक सेवा प्रसारणले भूमिका खेल्न सके मात्र यसको औचित्य सावित हुने बताउनुभयो ।

यसैबीच तीन दिनसम्म चलेको पूर्वारम्भ कार्यक्रमको आज समापन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई प्रत्याभूत गर्ने गरी सार्वजनिक सेवा प्रसारण पिएसबीले काम गर्नुपर्ने बताउनुभएको छ ।
रेडियो नेपालको प्राङ्गणमा आयोजित समापन समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चार मन्त्री गुरुङले सरकारको कुनै ताबेदारी नगरी पिएसबीले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.
You must be logged in to post a comment.