श्रीमती बिरामी भनेर नेपाल फर्किए ‘शाहीद’, घर नपुगी प्रेमिकाले गरिन् हत्या

धनुषा । विवाहेत्तर प्रेम सम्बन्ध लुकाउन श्रीमानसँग मिलेर प्रेमीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शाहीद अन्सारीको भएको पनि पुष्टि भएको छ । प्रहरी अनुसन्धान अनुसार अन्सारीको हत्या उनकी प्रेमिका अनिताकुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर गरेका हुन् ।

कतारमा कार्यरत अन्सारी र २४ वषींया अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । अनिताले नै अन्सारीकी श्रीमती बिरामी रहेको मेडिकल रिपोर्ट तयार पारी साउदी पठाएकी थिइन् । त्यही रिपोर्टका आधारमा अन्सारी आकस्मिक छुट्टी लिई नेपाल फर्किएका थिए । घर पुग्न नपाउँदै उनको हत्या भएको थियो । नेपाल फर्केका अन्सारी घर नगई प्रेमिका अनितालाई भेट्न मिथिला बिहारी–६ सिर्सिया आएका थिए ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading