केक्यानको तेस्रो अधिवेशनबाट नयाँ कार्यकारी समिति गठन, अध्यक्षमा खड्का सर्वसम्मतिबाट चयन

काठमाडौँ । कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)को अध्यक्षमा विष्णु खड्का निर्वाचित भएका छन्। काठमाडौंको स्मार्ट प्यालेसमा शनिबार भएको तेस्रो अधिवेशनबाट खड्का निर्वाचित भएका हुन् ।

कार्यकारी समितिको वरिष्ठ उपाध्यक्षमा रमेश अधिकारी, उपाध्यक्षमा शशीप्रसाद भट्टराई, महासचिवमा नरेशप्रसाद सेडाई चयन भएका छन् । सचिवमा बद्रीप्रसाद ढकाल र कोषाध्यक्षमा द्रोणविक्रम थापा रहेका छन्। कार्यकारी समितिको सदस्यहरूमा गणेश पोखरेल, रमेश पाठक, यदुनाथ उपाध्याय, गीताकुमारी सुवेदी, सन्तोषी पन्त, प्रमोद ढुङ्गाना, रिजन मडै, नारायणकृष्ण श्रेष्ठ रहेका छन् ।

कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) को ५ औं साधारण सभा तथा तेश्रो अधिवेशन कार्यक्रममा सम्मपन्न भएको हो। राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतित्थ्यता एवम् केक्यानका संस्थापक अध्यक्ष गणेश शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो।

लुम्वीनी प्रदेश प्रहरी प्रमुख दान बहादुर कार्की सहित ३ जना सम्मानित भएका छन् । राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्वीनी प्रदेश प्रहरीले आमनागरिकलाई जनअपेक्षा अनुसारको सेवा प्रदान गरेका आफ्ना काम पारदर्शि गरेको नेपाल प्रहरीका कामकारहीले नेपाल सरकारको राजश्वबृद्धि समेत गरी प्रदेशमै उत्कृष्ठ रहेको भनि केक्यानको साधारण सभाको अवश्वरमा सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

उक्त अवसरमा पूर्व डिएसपी, हाल अधिवक्ता गोविन्द पन्थीले ‘सरोकार केन्द्र’ मार्फत समाजसेवा प्रदान एवम् वैदेशिकमा अलपत्रपरेकाहरुलाई उद्धार एवम् उतकृष्ठ ‘समाजसेवा सम्मान’ बाट सम्मान गरिएको थियो । त्यस्तै ‘राष्ट्रिय खाेजी पत्रकारिता सम्मान २०८१’ बाट सञ्चारकर्मि जीवन शर्मालाई सम्मान गरिएको थियो । शर्मा खोजीपत्रकारितामा अवल्ल र प्रखर सञ्चारकर्मि हन् । भूगोल र स्थानीय क्षेत्रमा कलम चलाउदै आएका छन् ।

राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतित्थ्यता एवं केक्यानका संस्थापक अध्यक्ष गणेश शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading