
सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक – ईन्द्रावती गाउँपालिका र चिनियाँ निजी कम्पनीबीच कृषि क्षेत्रमा आधुनिकीकरण गर्न सहकार्य गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौताअन्तर्गत आधुनिक प्रविधिको प्रयोग गरी कृषि उत्पादन वृद्धि गर्ने, कृषकहरूको जीवनस्तर सुधार गर्ने तथा कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ ।
मङ्गलवार, ईन्द्रावती गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो। उक्त अवसरमा गाउँपालिकाका अध्यक्ष तथा चिनियाँ कम्पनीका प्रतिनिधिबीच द्विपक्षीय सहकार्यका विषयमा लिखित सम्झौता आदान-प्रदान भएको हो ।
सम्झौताले ईन्द्रावती गाउँपालिकाका कृषकहरूलाई प्रविधिसँग जोड्दै आधुनिक कृषि प्रणाली अवलम्बन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै, भविष्यमा थप सहकार्यका सम्भावनाहरू पनि खुला रहने बताइएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.