राजा र राजनेता कति फरक हुदोरहेछ !

निगरानी ब्युरो/काठमाडौँ । नेपालका राजा वि.सं १८२५ देखि २०६५ साल सम्म नेपालको शाहवंशका शासनहरू थिए। अर्थात् शाहवंशीय राजा नेपाल अधिराज्यको राष्ट्रप्रमुख थिए। नेपालका राजा शाह वंशका प्रमुख समेत थिए भने नेपालको पहिलो संविधानसभाले २०६५ जेठ १५ गतेका दिन २४० वर्षे लामो शाहवंशीय राजतन्त्रको अन्त्य गरेको थियो।

नेपाल अधिराज्य विधिवत एक निरपेक्ष राजतन्त्रात्मक हिन्दु राज्य थियो। तथापि, १९०३ देखि सम्म सात सालको क्रान्ति, सम्म देश जहानीया राणा शासनको नियन्त्रणमा रहेको थियो। ४६ सालको जनआन्दोलन पछि देशमा नयाँ संविधान लागू गरिएको थियो र देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो।

श्री ५ बडामहराजधिराज पृथ्वीनारायण शाह आफ्नो बुबा नरभुपाल शाहको मृत्यु पछि १८०० मा, गोरखा राज्यको सिंहासनमा विराजमान भएका थिए। उनले १८०१ मा नुवाकोट माथि आक्रमण गरि एकीकरणको सुरु गरे र १८२५ मा इन्द्रजात्रामा कान्तिपुरमा विजय गरेपछि आधुनिक नेपालको स्थापना गरेका थिए जसले वर्तमान देश नेपालको एकीकरण प्रक्रिया सुरू गरेको थियो।

३१ वर्ष भन्दा बढीको शासन पछि उनको मृत्यु १८३१ माघ १ मा भएको थियो। आफ्नो शासनको अन्तमा उनले नुवाकोट, मकवानपुर र काठमाडौँ उपत्यकाका विजयी हासिल गरेका थिए।

पृथ्वीनारायण शाहको मृत्युपछि उनका छोरा प्रतापसिंह शाह राजाको रूपमा नियुक्त भएका थिए। १८३४ मा, २६ वर्षको उमेरमा उनको अकाल मृत्यु भएको थियो। सोही दिन उनका जेष्ठ छोरा, रणबहादुर शाह राजा बने, आफ्नी आमा रानी राजेन्द्रलक्ष्मी र पछि उनका काका बहादुर शाह उनका प्रतिनिधि बनेका थिए। पछि रणबहादुरले सिंहासन छोडे र उनका छोरा गीर्वाणयुद्ध विक्रम शाहलाई नेपालको राजाको रुपमा राज्याभिषेक गराएका थिए।

गीर्वाणको शासनकालमा नेपाल अङ्ग्रेज युद्ध भयो जुन १८७२ मङ्सिर १९ मा सुगौली सन्धिमा हस्ताक्षर गरेपछि समाप्त भएको थियो, जसको परिणामस्वरूप नेपालले आफ्नो क्षेत्रको एक तिहाई भूभाग गुमाउन पुगेको थियो।

१८७३ मङ्सिर ७ मा राजाको मृत्यु भएको थियो त्यसको १२ दिन पछि गीर्वाणयुद्धको रानीको रहस्यमय म्रुत्यु भयो। तीन वर्षका बालक राजेन्द्र विक्रम शाह राजा बने र उनको संरक्षक उनका सौतेनी हजुरआमा रानी ललिता त्रिपुरा सुन्दरी देवी र प्रधानमन्त्री भीमसेन थापा भएका थिए।

१९०३ भदौ ३१ का कोत पर्व घटेको थियो। घटना पछि जङ्गबहादुर राणा सत्तामा आएका थिए र उनले देशको शासन सत्तामा नियन्त्रण कायम गरेका थिए भने उनले एक शताब्दी भन्दा बढी समयसम्म देशमाथि शासन गर्ने राणा वंशको सुरुवात गरेका थिए।

अर्को वर्ष, राजेन्द्र विक्रम शाहलाई जङ्गबहादुरले भक्तपुर दरबारमा कैद गरेका थिए र उनका छोरा सुरेन्द्र विक्रम शाह सिंहासनमा विराजमान भएका थिए। उनको शक्ति सीमित थियो। उनको जेठो छोरा, त्रैल‍ोक्यको मृत्युको तीन वर्ष पश्चात् उनको मृत्यु १९३८ मा भएको थियो। त्यस पश्चात्, सुरेन्द्रका नाति पृथ्वी वीर विक्रम शाह नेपालको राजा भएका थिए तर हजुरबुबाजस्तै उनीसँग सिमित शक्तिहरू थिए। पृथ्वी वीर विक्रम शाहको मृत्यु ३६ वर्षको उमेरमा भएको थियो र उनका पाँच वर्षीय छोरा त्रिभुवन उनको उत्तराधिकारी भएका थिए।

राणालाई शासन सत्ताबाट हटाउने उद्देश्यका साथ २००७ मा, त्रिभुवन भारतीय राजदूतावासमा निर्वासन भएका थिए। यसको प्रतिउत्तरमा, त्रिभुवनका नाति ज्ञानेन्द्रलाई राणा सरकारले नेपालको नयाँ राजाको रूपमा नियुक्त गरेको थियो। दिल्ली सम्झौता अनुसार सात सालको क्रान्ति पश्चात्, राणा शासनको अन्त्य भएको थियो र पुन: त्रिभुवन नेपालको राजामा नियुक्त भएका थिए।

त्रिभुवनको निधन पश्चात्, महेन्द्र २०११ मा, नेपालको राजा बनेका थिए। २०१७ मा, उनले निर्दलीय राजनीतिक प्रणाली, पञ्चायतको सुरुवात गरेका थिए। ४६ सालको जनआन्दोलन पश्चात्, पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो।

२०२८ माघमा हृदयघातबाट राजा महेन्द्रको निधन भएपछि उनका पुत्र युवराजा विरेन्द्र राजा भए।

२०५८ जेठ १९ मा, राजा वीरेन्द्रको वंश नाश हुने गरि शाही परिवारमा एक दरबार हत्याकाण्ड घटेको थियो। यस घटनामा युवराज दीपेन्द्रको हात रहेको बताइन्छ। दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली प्रहार गरि हत्या गरेको र पछि आफैँलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएको थियो। दरबार हत्याकाण्ड पश्चात्, दीपेन्द्र कोमामा हुँदा उनलाई राजा घोषित गरिएको थियो। राजा घोषित भएको तीन दिन पश्चात् उनको निधन भएको थियो। त्यस पछि उनका काका, ज्ञानेन्द्र नेपालको राजामा नियुक्त भएका थिए। राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा, निर्वाचित सरकार भङ्ग गरी सत्ता आफ्नो हातमा लिएका थिए।

यसको विरुद्धमा, जनआन्दोलन २०६३ भएको थियो जसले २४० वर्षे लामो राजतन्त्रको अन्त्य गरेको थियो भने नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको थियो।


  • राजको पालामा पनि भ्रष्टाचार हुने गर्थे तर कम,

प्रजातान्त्रिक वातावरणमा जस्तो राजाको निरंकुश शासनमा भ्रष्टाचारको कुरा खुला रुपमा आउन गार्‍हो थियो। तर पनि त्यस्ता केही भ्रष्टाचार काण्डहरु सार्वजनिक भएका छन्। इतिहासबाट खोतलिएका भ्रष्टाचार काण्डका केही उदाहरण अब क्रमैसँग प्रस्तुत गरिनेछ। यसमा तपाईँहरुले पनि थाहा पाएको जानकारी थप्नु होला।

  • भ्रष्टाचार कै कारण राजाको हत्या

कुरा राजा रणबहादुर शाहको पालाको। राज्यको ढुकुटीबाट १८ हजार सरकारी रकम मासिएछ। त्यतिबेलाको १८ हजार रुपैयाँ भन्नु ठूलै रकम थियो। १८६३ वैशाख १० गते राति यसै विषयमा कचहरी सभा भएको थियो। यो रकम मासेर भ्रष्टाचार गर्नमा आफ्नै भाइ शेरबहादुर शाह र भारदार त्रिभुवन प्रधानको हात रहेको पत्तो पाएपछि रणबहादुर शाहले सभा डाकेका थिए।

सभामा हताश चौतरिया शेरबहादुर शाहले ‘यो बात मलाई पनि लाग्यो कि लागेन’ भनी प्रश्न गरेछन्। जवाफ रणबहादुर शाहले ‘तँलाई पनि बात लाग्यो’ के भनेका थिए, शेरबहादुर शाहले आफूले बोकेको तरबारले रणबहादुर शाहलाई छपक्कै पारे (स्रोतः बाबुराम आचार्य, अब यस्तो कहिल्यै नहोस्) यो हत्याकाण्डमा १६ महिला र ७७ पुरुष गरी ९३ जनाको हत्या भएको थियो।

  • गलैँचा काण्ड

अब लागौँ पञ्चायत कालको राजाको प्रत्यक्ष शासनका बेलातर्फ। यसअघिको कालमा राणा शासकहरुले १ सय ४ वर्षसम्म राज्यको ढुकुटीको गरेको दुरुपयोगको प्रसंग अर्कै शीर्षकमा प्रस्तुत गरिनेछ।

गलैँचा काण्ड २०३३/३४ मा भएको थियो। पञ्चायत कालमा सबैभन्दा धेरै अभियुक्त भएको भ्रष्टाचार काण्ड यही नै थियो। यसमा ज्ञानेन्द्रको शासन कालमा उपाध्यक्ष बनेका तुलसी गिरी तत्कालीन प्रधानमन्त्रीसहित चार जना मन्त्री, उच्च सरकारी अधिकारी र व्यापारी गरी ९१ जना अभियुक्त थिए। यही काण्डका कारण पञ्चायतकी जननी मानिएका गिरीको बदनाम भएको थियो। तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगले यो काण्डका दोषीमाथि मुद्दा चलाएको थियो।

विदेशी मुद्रा भित्र्याउने र राजस्व वृद्धि गर्ने अभियानमा व्यापारीलाई ‘मनमस्ती छुट’ दिने नीति अख्तियार गरेपछि यसले ऐतिहासिक काण्डको रुप लिएको हो। त्यतिबेला नेपाली वस्तु निर्यात गरे वापत् सरकारले विदेशी सामान आयातमा सुविधा दिने चलन भित्र्याएको थियो। यसलाई बोनस भौचर सुविधा भनिन्थ्यो। यसै सुविधाका नाममा गलत काम भएका थिए।

तर, यतिबेला जस्तै त्यतिबेला पनि उस्तै। चार वर्ष मुद्दा चल्यो। अन्ततः २०३७ सालमा गिरीसहित सबैले सफाइ पाए। केही व्यापारीलाई जरिवाना गरियो, अनि मुद्दा टुंग्याइयो।

  • जनमत संग्रहको विकृति

२०३६ सालमा जनमत संग्रहको घोषणापछि आर्थिक अनियमितता, भ्रष्टाचार र राज्यकोषको दुरुपयोगले चर्को रुप लियो। जनमत संग्रहको घोषणापछि प्रचार अभियानमा पञ्च परिचालनका लागि लुटतन्त्र मच्चाइएको थियो। व्यापारीलाई सर्पको छाला र मयुरको प्वाँख निर्यातमा छुट दिइएको थियो। नजिकका व्यापारीहरुलाई आयात-निर्यातको लाइसेन्स दिई उनीहरुबाट मोटो रकम असुलेका थिए। काठ निकासीमा छुट दिएर जंगल सखाप पारिएको थियो।

  • गाई गधा काण्ड

यो पनि २०३६ सालतिरै भएको काण्ड हो। स्वीस सरकारले कृषकहरुलाई दिन पनि प्रदान गरेका थिए राम्रो नस्लका गाईहरु। तर त्यसलाई कृषि मन्त्रीले दरबारका पदाधिकारी, आफन्त र आफैले बाँडेर लिए। कृषकलाई भनी दिएको गाई ठूलावडाले खाएपछि दाता राष्ट्रसमेत असन्तुष्ट बनेको थियो। यसैलाई गाई काण्ड भनिन्छ। त्यसैगरी दुर्गम क्षेत्रमा ढुवानीका निम्ति गधा किन्नका निम्ति भारत भ्रमणमा भएको खर्च र पछि गधा बेचेर खाएको घटनालाई गधा काण्डका रुपले चिनिन्छ। स्रोतः सुशासन वर्ष पुस्तक २००६ मा प्रकाशित भएको थियो  ।


  • वर्मान नेता खुलेर भ्रष्टाचार गर्छन्

जनता भूपू र बहालवाला राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई सोध्छन्,‘२७  खर्ब विदेशी ऋण खोइ ? विदेशबाट जनताका छोराछोरीले पठाएको रेमिट्यान्स खोइ ? जनताले तिरेको कर खोइ ? २०४६ सालअघि नेपालको रहेको भूभाग चीन र भारतलाई बेचेको पैसा खोइ ? देशैभरि सरकारी, गुठी, सार्वजनिक जग्गा बेचेको आएको पैसा खोइ ? निर्माण व्यवसायीको ४५ अर्ब, दूध र उखु किसानको सात अर्ब, कोरोना बीमाको १६ अर्ब कहाँ गयो ?’

भूपू राष्ट्रपति रामवरण यादव, विद्यादेवी भण्डारी, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, खिलराज रेग्मीले यसको हिसाबकिताब जनतालाई देखाउनुपर्यो ।

दुई करोड ९१ लाख ६४ हजार ५७८ जनतालाई यिनीहरुले जवाफ दिनैपर्छ । नेपाल सबै नेपालीको साझा हो । तर, राज्य सञ्चालकहरुले देशलाई आफ्नो निजी पेवा बनाए । व्यक्तिगत सम्पत्तिझैं मनोमानी रुपमा विदेशीलाई बेचे । अब कि यिनीहरुले भ्रष्टाचार गरेर विदेशमा राखेको पैसा ल्याउनुपर्यो कि देश छोडेर भाग्नुपर्यो ।

योबाहेक अन्य केही विकल्प नै देखिँदैन् । अहिले पनि जनताहरु खान नपाएर आत्महत्या गरिरहेका छन् । खानकै लागि मठमन्दिर र सडक किनारा छ्याप्छ्याप्ती मागेर बसेका छन् । उपचार नपाएर छटपटिरहेका छन् । तर, नेताहरुले जनताको नाम लिएर पदको दुरुपयोग गरे । देश बर्बाद बनाए ।

नेताहरुको पोल जनतासामुन्ने खुलिसकेको छ । त्यसैले त जनतादेखि उनीहरु डराउँछन् । जनताको बीचमा जाने आँट उनीहरुसँग छैन् । डराउनु पनि पर्छ, काम नै त्यस्तो गरेपछि । भूपू होस् या बहालवाला जनतासमक्ष जानुपर्यो भने थरथरर्ती काप्छन् । नेताहरुको पृष्ठभूमि केलाउने हो भने यिनीहरुलाई दुई छाक खान पनि धौंधौं थियो ।

बिहान खाए, बेलुका के खाऊँ ? भन्नेहरु आज खर्बौंको मालिक छन् । के यो भ्रष्टाचार होइन् ? भ्रष्टाचारीहरुले कतिञ्जेल जनताको आँखामा छारो हालिरहन्छन् ? कुनै न कुनै दिन त यिनीहरुको असली रुप बाहिर आउनै थियो । अहिले जनताले थाहा पाएपछि यिनीहरुको सातो गएको छ ।

नेपाल यत्तिकै नेपाल भएको होइन् । पृथ्वीनारायण शाहले टुक्राटुक्रामा रहेको नेपाल एकीकरण गरे ।

२४० वर्ष चलाएको सत्ता पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले त्यागिदिए । तिमीहरु खाऊँ भनेर उनी श्रीपेच खोलेर नागार्जुनको जंगलमा गएर बसे । अहिले उनकै पक्षमा हजारौं जनता सडकमा ओइरिएका छन्, किन ?

किन कि जनता नेताहरुको हर्कतबाट वाक्कदिक्क भइसकेका छन् । देश विकासका लागि एउटा राजा हटाएको, यहाँ च्याऊ उम्रिएझैं राजाहरु उम्रिए । यत्रो राजा पाल्नुभन्दा त एउटै पाल्न बेस भन्ने जनताको मनमा परेको छ । जसका कारण हिजो काठमाडौंको सडकमा राजाको पक्षमा त्यत्रा जनता देखिए ।

जसले राजनीतिक दलको होसहवास् उडाएको छ । राजनीतिक दलले जनतालाई आफ्नो कार्यकर्ता बनाएर राज्यको ढुकुटी लुटे । जनताको बल्ल आँखा खुलेको छ । नेताहरुले देश बेचेको थाहा पाएपछि पार्टीका कार्यकर्ताहरु पनि सडकमा ओइरिए । कार्यकर्ता बन्नुको साटो जनता बनेर खबरदार गरिदिएको भए आज सायदै देश यो अवस्थामा हुन्थ्यो होला ।

सञ्चारकर्मीले पनि बल्ल आफ्नो दायित्व पुरा गर्यो । उनीहरुले् अहिले देशको यथार्थ अवस्था देखाइरहेका छन् । देश धरापमा परिसकेको छ भन्ने कुरा जनताले बुझिसकेका छन् । देशमा आम्दानीको स्रोत छैन्, खर्च कति हो कति । भनिन्छ नि,‘घाँटी हेरेर हाड निल्नुपर्छ ।’ तर, कमिशन खानका लागि नेताहरुले कुनै कुराको ख्याल गरेनन् ।

धमाधम विदेशी ऋण स्वीकृत गरे, गोजी भरे । राज्य सञ्चालकहरु पनि तलब खाने, जनप्रतिनिधि नि तलब सेवासुविधा लिने, भत्ताको नाममा अर्बौं रुपैयाँ खर्च छ अनि कसरी धान्छ ? भएका उद्योग, कलकारखाना जम्मै बन्द गराइहाले । विदेशीबाट ऋण थाप्दै, आफूपनि पालिँदै, अरुलाई पनि पाल्दै ।

यसले देशलाई नै संकटमा पार्यो । वैदेशिक ऋणको सावाब्याजबापत वर्षेनि खर्बौं रुपैयाँ तिर्नुपर्छ । सरकारसँग आम्दानीको स्रोत के छ, त्यो ऋण तिर्नलाई ? एउटाबाट ल्यायो, अर्कोलाई तिर्यो । यस्तै पाराले अबको एकाध वर्षमा वैदेशिक ऋण दोब्बर हुन्छ । त्यसपछि त जो आएपनि गर्नसक्ने केही होइन् ।

ऋण तिर्नलाई ढुकुटीमा पैसा हुनुपर्यो नि । देशको आफ्नो उत्पादन केही छैन् । घर, बाटो, भ्युटावर, अनावश्यक एअरपोर्ट गर्दागर्दै उब्जनी हुने जमिन सकाइहाले । एकातिर ऋणमा थलिएका छौं, अर्कोतिर यहाँ केही पनि उत्पादन छैन् । बाहिरी मुलुकले खाद्यान्न र इन्धन नपठाउने हो भने भोकमरी लाग्न क्षणिक पनि लाग्दैन् ।

श्रम बेच्ने नाममा नेताहरुले जनता बेचे । करोडौं जनता आज विदेशमा छन् । देश पनि बेचियो, जनता पनि बेचे । यस्ता पनि नेता हुन्छन् ? जनता र देश बेचेको पैसामा यिनीहरुले मोजमस्ती गरे तर देशको हालत के भयो ? नेताहरुले देशलाई भीरमा लगेर हालिसकेका छन्, त्यहाँबाट खस्न मात्र बाँकी छ ।

यो हुनुमा जनता र सञ्चारकर्मी पनि उत्तिकै दोषी छन् । कार्यकर्ता नबनिदिएको भए, बेलैमा खबरदारी गरिदिएको भए, सायदै यो हालत देखिन्थ्यो होला । ग्रे लिष्टमा परेको नेपाल अबको केही समयमा ब्ल्याक लिष्टमा पर्छ । नेताहरुको मनोमानीलाई जनताले अझैं पनि हलुका रुपमा लिने हो भने नेपाल नै नरहन बेर छैन् ।

नेताहरुलाई देशको अलिकति पनि माया छैन् । यहाँ केही अप्रिय घटना भयो भने यिनीहरु श्रीलंका र बंगलादेशको नेतृत्वहरुझैं भागिहाल्छन् । विदेशीले नेपाललाई यत्तिकै ऋण दिएको छैन् । देश धितो राखेर नेताहरुले ऋण ल्याएका हुन् । भोलि ऋण तिर्न सकेन् भने सबै उनीहरुको कब्जामा जान्छ ।

त्यसपछि जनताले मेरो घरबारी भनेर के फाइदा ? जनताले यति पनि बुझेका छैनन् । अहिलेसम्म मेरो घर जग्गा भनिरहेका छन् । नेपालले ऋण तिर्न नसकेपछि कसको घर, कसको जग्गा ? पैसा ल्याएर नेता र सरकारी कर्मचारीले खाए, भोग्नुपर्छ जनताले । जनता सँधै आफ्नो व्यक्तिगत कुरामा अल्मलेर बसे ।

देशतिर फर्किएर हेर्न उनीहरुलाई समय नै भएन् । अहिले एक जना नेपालीको थाप्लोको ९१ हजार ऋण छ । सबै जना यहाँ ऋणी छौं, विदेशीको । भोलि यसको प्रतिफल भोग्ने सबैले सराबरी हो । त्यसैले यस्ता कुरामा जनता सचेत हुन आवश्यक छ । विदेशीले अब नेपाललाई ऋण पनि दिँदैन्, अनुदान पनि दिँदैन् ।

ऋण र अनुदानले चलेको देशको हालत त्यसपछि के हुन्छ ? अर्थतन्त्र अप्ठेरोमा पर्नेबित्तिकै नेताहरु कुलेलम ठोक्न तयार भइहाल्छन् । यहाँ नेता भनाउँदाहरुको द्धैध रुप छ । राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाहीहरु लोकतान्त्रिक व्यवस्थाअनुसार सांसद भएका हुन् । तर, उनीहरु राजालाई स्वागत गर्न एअरपोर्टमा पुगे ।

लोकतन्त्रका संाँसद बनेर पनि खाने, राजाबाट ल्याएर पनि खाने । यिनीहरुको उद्देश्य जनताबाट पनि लुट्ने मात्र हो । कि सांसद पद त्यागेर सडकमा आऊँ कि त यो नौटंकी नदेखाऊ । राप्रपाका १४ जना सांसदले त नैतिकताको आधारमा पनि पद त्याग गर्नुपर्ने हो । राजतन्त्रको वकालत गर्नेहरु कुन आधारमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको नेता भनेर हिँडिरहेका छन् ?

के यिनीहरुले जनतालाई भेँडा सोचेका छन् ? सञ्चारकर्मीलाई मुर्ख ठानेका छन् ? राजावादी होस् कि गणतन्त्रवादी, जम्मै जनतालाई भुल्याउने र देश लुट्ने मात्र हुन् ।

 


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading