
काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रमले छैंठौ दिनसम्म निरन्तरता पाएको छ । गत सोमबारदेखि लगातार घट्न थालेको नेप्से सूचक ६ कारोबार दिनमा १३८ अंक घटेको छ । पछिल्ला समयमा विकशित राजनीतिक घटनाक्रमले शेयर बजार प्रभावित हुन पुगेको जानकारहरुको बुझाई छ ।
छोटो समयमा नाफा कमाउनेहरुको सक्रियता, पछिल्ला समयमा विकशित राजनीतिक घटनाक्रम तथा नियामयक निकायहरुको मौनताका कारण शेयर लगानीकर्ताहरुको मनोबल बढ्न नसक्दा सेयर बजारमा निरन्तर गिरावट आएको हो । नेप्सेको सिईओ नियुक्तिको प्रक्रिया अघि बढ्दै गर्दा पनि सेयर लगानीकर्ता बजारप्रति आशावादी हुन सकेको देखिएन् ।
गभर्नर नियुक्तिको बिषयले पनि शेयर बजार पर्ख र हेरको अवस्थामा पुगेको छ । धितोपत्र बोर्डले पनि बजार सुधारका लागि विभिन्न अध्ययन समिति बनाएर काम थालेको भएपनि त्यसको निष्कर्ष आउन ढिलाई हुँदा यसले शेयर लगानीकर्ताहरु अन्योलमा परेको देखिन्छ । जसले गर्दा छोटो समयमा कारोबार गर्नेहरु हाबी भइरहदा बजारको वृद्धि टिक्न नसकेको बताइन्छ ।
सोमबार नेप्से सूचक २०.६८ विन्दुले घटेर २७५१.४२ अंकमा अडिएको छ । ८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको भएको बजारमा अन्यबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।यस दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ ।
त्यस्तै, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.९८ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.०८ प्रतिशत बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७३ करोड ५० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ७३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्स कम्पनीको करिब ३५ करोडको शेयर किनबेच भएको छ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.