
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (फागुन २७) गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले समय मागेकाले भोलि बस्ने बैठकमा सयम निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसद्मा बोल्नका लागि संसद्सँग समय माग्नुभएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.