
बसन्त बहादुर कुँवर जन्म २८ मार्च १९७० नेपाल प्रहरीका महानिरीक्षक ( आईजीपी ) हुन्। उनिलाई नेपाल सरकारले २०७९ चैत १० मा नेपाल प्रहरीको शीर्ष पदमा नियुक्त गरेको थियो। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका थिए।
३०औं प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर करिब दुई वर्षे कार्यकाल पूरा गरी आज सोमबारबाट अनिवार्य अवकाशमा जाँदैछन् । विद्यमान प्रहरी नियमावली २०७१ मा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण कुँवर ४ चैतको राति १२ बजेबाट अवकाशमा जानेछन् ।
नक्कली भुटानी र सहकारी प्रकरणमा दिएको अभिव्यक्तिले विवादित बनेका आईजी कुँवरले शान्ति सुरक्षाका मामलामा सन्तोषजनक काम गरे । प्रहरीको सरुवा-बढुवामा भने पुरानै प्रवृत्ति हाबी भयो । राजीनामा गर्न लगाएर एआईजीको फुली बाँड्ने काम हुँदा आईजी कुँवर त्यसको साक्षी बने ।
कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाशमा जाँदैछन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि आजैदेखि अवकाश हुन लागेका छन् ।
टेकप्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् । जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् ।
अवकाशमा जान लागेका डीआईजी गणेश चन्द सुदूरपश्चिम प्रदेशको प्रमुख छन् । भोला रावल गण्डकी प्रदेशको प्रमुख छन् । रावल आइतबार नै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट बिदा भएर काठमाडौँ आएका छन् । कुँवरसहितका उच्च अधिकारीहरु अवकास भएसँगै अब प्रहरीमा उनीहरुकै वैकल्पिक टोलीले कमाण्ड गर्ने भएको छ ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले आफ्नो पदवहाली सकिन लाग्दै गर्दा विशेष बढुवाको दुरुपयोग गरेका छन् । प्रहरी नियमाबली २०७१ को नियम ३९ मा प्रहरी महानिरीक्षकलाई प्रहरी वरिष्ठ नायब निरीक्षक सम्म मा वर्षभरी उत्कृष्ट कार्य गरेको १० जनालाई बढुवा गर्न पाउने प्रावधान राखिएको छ ।
तर आगामी चैत्र पाँच गते अवकाश हुँदै गरेका प्रहरी महानिरीक्षक कुँवरले यस्तो प्रावधानको दुरुपयोग गर्र्दै एक महिना अगाडि आफ्नो कपाल काट्ने प्रहरी जवान (२०७७मा नियुक्ती) बुद्धिछिरिङ तामाङलाई प्रहरी सहायक हवल्दार पदमा बढुवा गरेका छन् । त्यस अगाडि समेत उनले अख्तियारमा कार्यरत तीन जना र प्रहरी प्रधान कार्यालयमा रहेका तीन जनालाई नियम विपरित बढुवा गरेका थिए ।
- के छ त विशेष बढुवाको मापदण्ड:-
प्रहरी नियमावली २०७१ को नियम ३९ हेरौं :
१(क) राष्ट्र तथा आफू सेवारत प्रहरी कार्यालयको मान प्रतिष्ठा, गौरव बढाउन प्रशंसनीय सिर्जनात्मक र लगनशील कार्य गर्ने प्रहरी कर्मचारीलाई बढुवा गर्ने ।
(ख) राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न उत्कृष्ट कार्य गरी राष्ट्र र संगठनको छवी उच्च राख्न विशेष योगदान पुर्याउने प्रहरी कर्मचारीलाई बढुवा गर्ने ।
(ग) प्रहरी सेवामा रही कर्तव्य निर्वाह गर्दाको शिलशिलामा विरगति प्राप्त गर्ने वा काम गर्दा शारीरिक रुपमा अशक्त भइ सेवाबाट अवकास लिनुपर्ने अवस्थामा प्रहरी कर्मचारीलाई बढुवा गर्न सकिने ।
(२) उपनियम अनुसार बढुवा गर्दा बढुवा भएका कर्मचारीको नाम, पद, बढुवा गर्नुपर्ने आधार र औचित्य सहितको लिखित विवरण प्रहरी प्रधान कार्यालयले बढुवा गरिएको १५ दिन भित्र मन्त्रालयलाई दिनुपर्नेछ ।
(३) उपनियम १ अनुसार गरिने बढुवा एक आर्थिक वर्षमा १० जनाभन्दा बढी व्यक्तिलाई गरिने छैन् ।
माथि उल्लेखित कानूनी प्रावधानले के भन्छ भन्दा नेपाल प्रहरी संगठनको उद्देश्य पूरा गराउने क्रममा आफ्नो ज्यानको बाजी लगाएर जोखिम मोलेर काम गर्ने कर्मचारीलाई विशेष बढुवा गर्ने देखिन्छ । तर, वर्तमान महानिरीक्षक कुँवरले उक्त कानूनी प्रावधानको खिल्ली उडाउँदै आफ्नो भान्से, कपाल काट्ने, शक्ति केन्द्रमा रहेकाहरूलाई बढुवा दिँदै गर्दा वास्तविक रुपमा जोखिम मोलेर काम गर्नेको मनोबल गिरेको छ ।
उनले विगतमा समेत आफ्ना ब्याजीहरूलाई ८ घण्टाको लागि मात्र भएपनि प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेर राज्यलाई ठूलो आर्थिक व्ययभार बोकाएका थिए । यसका साथै हालसालै पनि उनले यस्तै कार्य गरिरहेका छन् । यस्ता विषयलाई गृह मन्त्रालय र सरकारले लाहाछाप लगाउँदै आएको छ ।
प्रहरी महानिरीक्षक कुँवरले अबकाश्को मुखमै त्यस्तौ नियमबलीको गलत व्याख्या गर्दै आफ्नै निवासमा भात पकाउने, कुचो लगाउने, ढोका खोल्ने जस्ता काम गर्ने सुजन श्रेष्ठ, अमर दराइ र भूपाल सारुमगरलाई पिसिसिबिको बैठक बाट निर्णय गराइ सिफारिस गराइ विशेष बढुवा प्रावधानको धज्जी उडाउँदै बढुवा गर्न थालेको श्रोत ले बतायो। त्यस्ता कार्यले जोखिम मोलेर काम गर्ने तल्लो दर्जाका प्रहरी भने निराश भएका छन।
यस विषयमा लामो समय नेपाल प्रहरीमा सेवारत रही प्रहरी प्रधान कार्यालयमा प्रहरी कर्मचारी प्रशासन शाखामा समेत बसी अनुभव लिएका पूर्व प्रहरी नायव उपरीक्षक हाल अधविक्ता गोविन्द पन्थी प्रहरी नियमावली २०७१ को नियम ३९ अनुसार प्रहरी महानिरीक्षकले यसरी बढुवा गरेर नियमको दुरुपयोग गरेको बताउँछन् ।
‘प्रहरी नियमावली २०७१ को नियम ३९ मा व्यवस्था भए अनुसार प्रहरी महानिरीक्षकले तल्लो दर्जाको संगठनमा विशेष योगदान गरेको, जोखिम मोलेर काम गर्ने कर्मचारीलाई बढुवा गर्दा अन्य कर्मचारी समेत प्रोत्साहित भएर त्यस्ता जोखिमका कार्य गरुन,’ उनले भने, ‘ यसो गर्दा संगठनले आफ्नो उद्देश्य पूरा गर्दा समाजमा त्यसको इमेज राम्रो जाओस । तर त्यस्ता प्रावधानको दुरुपयोग गरेर आफ्ना ढोके, चम्चे, ड्राइभरलगायतलाई गरिने बढुवा गलत हो ।
प्रहरी महानिरीक्षकले आफ्नो मनोमानी नगरुन भनेर त्यहाँ पिसिसिबिको बैठकले सिफारिस गर्ने प्रावधान छ भने त्यसलाई सुधार गरियोस भनि मन्त्रालय समेतलाई भूमिका दिइएको छ । तर सबैले आफ्नो भाग लिएर यस्ता काम गरिरहन्छन् । जुन कार्य गलत हो । यस्तो कार्यलाई आफ्नो पदीय दुरुपयोग मान्न सकिन्छ ।
८ घण्टाको लागि समेत बढुवा दिनु त झन राष्ट्र माथि भार थपेको रुपमा बुझ्नु पर्दछ । त्यही भएर व्यवहारमा अवकास हुनुपूर्व एक महिना विदामा बस्ने प्रचलन रहेको छ । किनकी अवकाशको मुखमै जे सुकै निर्णय गरेर आफूलाई फाइदा हुने र देश एवम् संगठनलाई घाटा लाग्ने काम नहुन भन्ने हो ।
अर्को तर्फ संगठन प्रमुखमा आउनेलाई एक महिना नेतृत्व सिक्न र सिकाउन भन्ने पनि हो । तर यस्ता कुरा नैतिकता र इमानदारितासँग जोडिएका हुन्छन् । जो व्यक्ति गलत तरिकाले नेतृत्वमा पुगेको हुन्छ त्यसबाट यस्ता नैतिकताको कुराको अपेक्षा गर्न सकिँदैन ।
-
को आउँलन् नयाँ आईजीपी ?
कुँवरको अवकाशसँगै नेपाल प्रहरीको ३१ औ आईजीपी को होलान् भन्नेबारे चासोको विषय बनेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कुँवरलाई वरियताको आधारमा आईजीपी नियुक्त गरेको थियो । कुँवर वरीयता सूचीको १ नम्बरमा थिए । नयाँ प्रहरी ऐन आउन ढिला हुने र ३० वर्षे नहट्ने भएसँगै आईजीपी कुँवरलाई सोमबार प्रहरी प्रधान कार्यालयबाट बिदाइ कार्यक्रम राखिएको छ ।
आईजीपीको नियुक्तिबारे निर्णय गर्न सोमबार नै मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ । प्रहरीको ३१ औं आईजीपी बन्न तीन जना अतिरिक्त महानिरीक्षकहरू प्रतिस्पर्धामा छन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ आईजीपीको प्रतिस्पर्धी हुन् । थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।
२०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका हुन् । उनीहरू १८ दिन ढिला बढुवा भएका थिए । वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.