
काठमाडौँ, चैत १२ गते। धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा विभिन्न वडामा स्वास्थ्य केन्द्र निर्माण, डिप बोरिङ र डिप बोरिङ हाउस निर्माणको ठेक्का सम्बन्धमा सो भ्रष्टाचार मुद्दा दायर भएको हो।
उहाँका अनुसार सो ठेक्का आह्वानको सूचना र बोलपत्र स्वीकृतको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवम् जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष वृजकुमार यादव र छैठौं तहका अधिकृत सुमन कुमार पुरीसँगको मिलेमतोमा लुकाइ छिपाइ, सार्वजनिक रुपमा सूचना प्रकाशन नगरी बटेश्वर गाउँपालिकाको ठेक्का कार्यालयमा अभिलेख राख्ने प्रयोजनका लागि सो सूचना प्रकाशन गरी छ लाख ४४ हजार एक सय रुपियाँ जनकपुर टुडे मिडिया ग्रुप प्रा।लि।लाई भुक्तानी दिइएको पुष्टि भएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रकम छ लाख ४४ हजार एक सय रुपियाँ कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.