सोम, १८ साउन २०८३ / August 3, 2026, Monday
सोम, १८ साउन २०८३
Advertisement

सोम, १८ साउन २०८३ को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका लागि मिश्रित भए पनि समग्रमा प्रगतिमुखी रहनेछ। बृहस्पतिको प्रभावले धनलाभ, प्रतिष्ठा, पारिवारिक सुख तथा वैदेशिक अवसर प्राप्त हुने सम्भावना छ। विद्यार्थी, जागिर र व्यवसायमा सकारात्मक प्रगति हुनेछ।शनिको साढेसाती र राहुको प्रभावका कारण स्वास्थ्य, मानसिक तनाव, खर्च तथा काममा ढिलाइ हुन सक्छ।

मेष
वृष

आज घरमा खुसीको वातावरण रहनेछ। परिवारसँग बिताएको समयले आपसी सम्बन्ध अझ प्रगाढ र आत्मीय बन्नेछ। लामो समयदेखि सोच्दै आएका कामहरू सहज रूपमा अघि बढ्ने सम्भावना छ। सकारात्मक सोच र आत्मविश्वासका साथ अघि बढ्दा दिन अझ फलदायी रहनेछ। शुभ रंग: पहेंलो शुभ अंक: ८

वृष
मिथुन

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज दिनभर फोन, सन्देश वा विभिन्न माध्यमबाट महत्त्वपूर्ण सूचना प्राप्त हुन सक्छ। कुनै अप्रत्याशित खबरले दिनभरको योजना परिवर्तन गर्न सक्ने भएकाले समय व्यवस्थापनमा विशेष ध्यान दिनुहोस्। प्राथमिकताका आधारमा आवश्यक कामहरू पहिले सम्पन्न गर्नु बुद्धिमानी हुनेछ। नयाँ अवसर वा जानकारीलाई सकारात्मक रूपमा उपयोग गर्न सके दिन फलदायी बन्न सक्छ। शुभ रंग: आकाशे शुभ अंक: ५

मिथुन
कर्कट

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आज आर्थिक योजना र व्यवस्थापनमा ध्यान दिने दिन रहेको छ। सानो तर सोचविचार गरेर गरिएको निर्णयले भविष्यमा राम्रो लाभ दिलाउन सक्छ। अनावश्यक खर्च नियन्त्रण गरी बचतलाई प्राथमिकता दिन सके आर्थिक अवस्था थप सन्तुलित रहनेछ। धैर्य र विवेकका साथ अघि बढ्दा दिन सकारात्मक रहने संकेत छ। शुभ रंग: सेतो शुभ अंक: १

कर्कट
सिंह

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज तपाईंको व्यक्तित्व र उपस्थितिले अरूमाथि सकारात्मक प्रभाव पार्नेछ। नयाँ व्यक्तिसँग परिचय हुने तथा उपयोगी सम्बन्ध विस्तार गर्ने अवसर मिल्न सक्छ। संवाद र भेटघाट रमाइलो तथा फलदायी रहने सम्भावना छ। नम्र, शिष्ट र सकारात्मक व्यवहारले मान–सम्मान तथा लोकप्रियतामा वृद्धि हुनेछ। शुभ रंग: रातो शुभ अंक: ९

सिंह
कन्या

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज तुलनात्मक रूपमा फुर्सद मिल्ने दिन रहनेछ। आफ्नो कोठा, कागजात वा आवश्यक सामान व्यवस्थित गर्दा मनमा पनि हल्कापन र सन्तुष्टिको अनुभूति हुनेछ। लामो समयदेखि अधुरा रहेका कामहरू पूरा गर्ने अवसर मिल्नेछ। योजनाबद्ध रूपमा अघि बढ्दा दिन अझ उपलब्धिमूलक बन्न सक्छ। शुभ रंग: खैरो शुभ अंक: ६

कन्या
तुला

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज साथीभाइसँगको भेटघाटले नयाँ योजना र सकारात्मक अवसरको सुरुआत गराउन सक्छ। सानो सहयोग र आत्मीय व्यवहारले सम्बन्ध अझ सुदृढ बन्नेछ। आपसी समझदारी र सहकार्यले दिनलाई थप सुखद बनाउनेछ। हाँसी–खुसी र उत्साहका साथ बित्ने दिनले मनमा नयाँ ऊर्जा थप्ने संकेत छ। शुभ रंग: गुलाबी शुभ अंक: २

तुला
वृश्चिक

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज आफ्ना निर्णयप्रति आत्मविश्वासी र दृढ रहनु उपयुक्त हुनेछ। अरूको सुझाव र अनुभव सुन्नु राम्रो भए पनि अन्तिम निर्णय आफ्नो विवेक र परिस्थितिको मूल्यांकन गरेर लिनु लाभदायी हुनेछ। धैर्य, संयम र आत्मविश्वासका साथ अघि बढ्दा चुनौतीहरू सहज रूपमा समाधान हुनेछन्। शुभ रंग: कलेजी शुभ अंक: ७

वृश्चिक
धनु

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज दैनिक व्यस्तताबाट केही समय निकालेर आफूलाई मनपर्ने काममा ध्यान दिनु लाभदायी हुनेछ। नयाँ ठाउँको जानकारी, नयाँ अनुभव वा केही नयाँ सिक्ने अवसरले दिनलाई थप उत्साहपूर्ण बनाउन सक्छ। सकारात्मक सोच र जिज्ञासाले नयाँ सम्भावनाको ढोका खोल्नेछ। मनमा ऊर्जा र उत्साह बढ्ने संकेत देखिन्छ। शुभ रंग: केशरी शुभ अंक: ४

धनु
मकर

मकर राशि (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज कामको चाप क्रमशः घट्दै जाने संकेत देखिन्छ। लामो समयदेखि थाँती रहेका जिम्मेवारीहरू एकपछि अर्को पूरा हुँदै जाँदा आत्मविश्वास र आत्मसन्तुष्टि दुवै बढ्नेछन्। योजनाबद्ध रूपमा समयको व्यवस्थापन गर्न सक्नुभयो भने दिन सहज, उपलब्धिमूलक र सकारात्मक रहनेछ। कार्यक्षेत्रमा धैर्य र निरन्तरताले राम्रो परिणाम दिनेछ भने पारिवारिक वातावरण पनि सहयोगी रहने सम्भावना छ। शुभ रंग: खैरो शुभ अंक: ८

मकर
कुम्भ

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्ना नजिकका व्यक्तिसँग मनका कुरा खुलेर साझा गर्ने अवसर प्राप्त हुनेछ। लामो समयदेखि मनमा रहेको अन्योल वा द्विविधा हट्दै जानेछ, जसले मानसिक हल्कापन र सकारात्मक ऊर्जा प्रदान गर्नेछ। आपसी संवाद र समझदारीका कारण सम्बन्धमा विश्वास अझ मजबुत बन्ने संकेत छ। धैर्यपूर्वक निर्णय लिनुहोस्, दिन सुखद र सन्तोषजनक रहनेछ। शुभ रंग: निलो शुभ अंक: १

कुम्भ
मीन

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दिनभरि साना–साना काम र विभिन्न जिम्मेवारीमा व्यस्तता रहनेछ। घरपरिवारका काम र व्यक्तिगत दायित्वलाई सन्तुलित रूपमा पूरा गर्न सफल हुनुहुनेछ। समयको उचित व्यवस्थापनले दिनलाई सहज र फलदायी बनाउनेछ। साँझतिर केही फुर्सदको समय मिल्ने भएकाले विश्राम, परिवारसँग समय बिताउन वा मनपर्ने काम गर्न अवसर प्राप्त हुनेछ। शुभ रंग: सुनौलो शुभ अंक: ५

मीन
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता प्रेम, करियर र आर्थिक पक्षमा सकारात्मक रहनेछ। सम्बन्धमा आत्मीयता बढ्ने, सामाजिक प्रतिष्ठा वृद्धि हुने तथा वैदेशिक अध्ययन वा रोजगारीका अवसर प्राप्त हुन सक्छन्। साताको मध्यतिर खर्चमा नियन्त्रण राख्नु उपयुक्त हुनेछ। अन्त्यतिर रोकिएका काम पूरा हुने र आम्दानीमा सुधार आउने संकेत छन्। साप्ताहिक सुझाव: भगवान शंकरको स्मरण वा दर्शन गर्नु शुभ मानिन्छ। शुभ रंग: सेतो र हरियो शुभ अंक: ३ र ६

मेष
वृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) यो साता धैर्य, सम्बन्ध र प्रगतिको समय रहनेछ। आफ्ना विचार खुलस्त राख्ने अवसर मिल्नेछ भने परिवारसँगको सम्बन्ध अझ मजबुत बन्नेछ। कार्यक्षेत्रमा केही काम दोहोर्याउन परे पनि अन्ततः सफलता प्राप्त हुने सम्भावना छ। सरकारी वा कानुनी काममा भने सावधानी अपनाउनु उचित हुनेछ। साप्ताहिक सुझाव: प्रत्येक दिन भगवान सूर्यलाई अर्घ्य अर्पण गर्नु शुभ मानिन्छ। शुभ रंग: गुलाबी र निलो शुभ अंक: ३ र ८

वृष
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यो साता प्रगति, नयाँ अवसर र सफलताको समय रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी र अवसर प्राप्त हुनेछन्। परिवार तथा जीवनसाथीको सहयोगले नयाँ योजना र लगानीमा लाभ मिल्ने सम्भावना छ। साताको अन्त्यमा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता र मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। साप्ताहिक सुझाव: प्रत्येक दिन गायत्री मन्त्रको जप गर्नु शुभ मानिन्छ। शुभ रंग: सेतो र निलो शुभ अंक: ४ र ५

मिथुन
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यो साता सामाजिक सम्बन्ध, सहकार्य र प्रगतिको समय रहनेछ। नयाँ परिचय र उपयोगी सल्लाहबाट लाभ मिल्नेछ। मेहनत र धैर्यले कार्यक्षेत्रमा सफलता दिलाउनेछ भने साथीभाइसँगको सम्बन्ध अझ सुदृढ बन्नेछ। व्यक्तिगत योजना र गोप्य कुरा भने सबैसँग साझा नगर्नु उचित हुनेछ। साप्ताहिक सुझाव: प्रत्येक दिन भगवान गणेशलाई दूबो अर्पण गरी स्मरण गर्नु शुभ मानिन्छ। शुभ रंग: हरियो र निलो शुभ अंक: ३ र ८

कर्कट
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यो साता आत्मबल, साहस र सफलताको समय रहनेछ। प्रतिस्पर्धामा सफलता मिल्ने र परिवारबाट आर्थिक सहयोग प्राप्त हुन सक्छ। साताको मध्यतिर आमाको स्वास्थ्य वा पारिवारिक विषयमा केही चिन्ता बढ्न सक्ने भएकाले धैर्य अपनाउनु उचित हुनेछ। अन्त्यतिर परिवारसँग खुसीका क्षण बित्ने र दाम्पत्य सम्बन्ध अझ सुमधुर बन्नेछ। साप्ताहिक सुझाव: प्रत्येक दिन भगवान शंकरलाई जल अर्पण गर्नु शुभ मानिन्छ। शुभ रंग: सुन्तला र सेतो शुभ अंक: ३ र ५

सिंह
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यो साता आर्थिक सुधार र प्रगतिको समय रहनेछ। नयाँ आम्दानीका स्रोत खुल्ने सम्भावना छ भने व्यापार, व्यवसाय र पेशामा उन्नति हुनेछ। साताको मध्यतिर भावनामा बहेर निर्णय नगर्नु उचित हुनेछ। धैर्य र विवेकले आलोचना तथा चुनौती पार गर्न सहयोग गर्नेछ। अन्त्यतिर धार्मिक वा आध्यात्मिक गतिविधिमा सहभागी हुने अवसर मिल्न सक्छ। साप्ताहिक सुझाव: प्रत्येक दिन देवीको दर्शन वा स्मरण गर्नु शुभ मानिन्छ। शुभ रंग: गुलाबी र पहेंलो शुभ अंक: २ र ६

कन्या
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यो साता प्रतिष्ठा, जिम्मेवारी र सफलताको समय रहनेछ। सामाजिक र व्यावसायिक क्षेत्रमा मान–सम्मान बढ्नेछ। विद्यार्थीहरूका लागि अध्ययन र नयाँ सीप सिक्न अनुकूल समय छ। साताको अन्त्यमा रोकिएका काम पूरा हुने, व्यापारमा लाभ हुने र आर्थिक अवस्था सुदृढ बन्ने सम्भावना छ। साप्ताहिक सुझाव: प्रत्येक दिन भगवान शंकरको दर्शन वा स्मरण गर्नु शुभ मानिन्छ। शुभ रंग: खैरो र पहेंलो शुभ अंक: ४ र ९

तुला
वृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यो साता आर्थिक लाभ, करियर उन्नति र नयाँ अवसरको समय रहनेछ। कार्यक्षेत्रमा प्रशंसा र विश्वास प्राप्त हुने, वैदेशिक अध्ययन वा रोजगारीसँग सम्बन्धित काममा सफलता मिल्ने सम्भावना छ। आफ्नै निर्णय र अनुभवमा भरोसा गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। साताको अन्त्यमा नयाँ योजना र व्यवसायका अवसर खुल्ने संकेत छन्। साप्ताहिक सुझाव: प्रत्येक दिन गायत्री मन्त्रको जप गर्नु शुभ मानिन्छ। शुभ रंग: पहेंलो र बैजनी शुभ अंक: ३ र ९

वृश्चिक
धनु

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यो साता कार्यक्षेत्र, परिवार र शिक्षामा सकारात्मक प्रगति हुनेछ। सरकारी वा जिम्मेवार पक्षबाट प्रशंसा प्राप्त हुने सम्भावना छ भने परिवारको सहयोगले व्यापार–व्यवसायमा सफलता मिल्नेछ। साताको मध्यतिर छोटो यात्रा, भेटघाट र सामाजिक सम्बन्ध विस्तार हुने योग छ। अन्त्यतिर स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुनेछ। सन्तुलित आहार र नियमित दिनचर्याले लाभ मिल्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा सफलता प्राप्त हुने संकेत छ। साप्ताहिक सुझाव: भगवान शिवलाई जल अर्पण गर्नुहोस्। शुभ रंग: सेतो र पहेंलो शुभ अंक: ४ र ९

धनु
मकर

मकर राशि (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) यो साता सामाजिक, व्यावसायिक र व्यक्तिगत प्रगतिका लागि अनुकूल रहनेछ। साताको प्रारम्भमा धार्मिक तथा सामाजिक कार्यमा सहभागिता बढ्ने र व्यापार–व्यवसायमा लाभ हुने संकेत छ। मध्यतिर यात्रा तथा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। साताको अन्त्यमा राजनीति, प्रशासन वा नोकरीमा प्रतिष्ठा बढ्ने, नयाँ सम्बन्ध विस्तार हुने तथा निर्णय क्षमता बलियो बन्नेछ। साप्ताहिक सुझाव: प्रत्येक दिन भगवान सूर्यलाई अर्घ्य अर्पण गर्नुहोस्। शुभ रंग: रातो र सेतो शुभ अंक: ३ र ६

मकर
कुम्भ

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा) यो साता शिक्षा, सामाजिक प्रतिष्ठा र आर्थिक अवसरका दृष्टिले सकारात्मक रहनेछ। साताको प्रारम्भमा अध्ययन तथा प्रतियोगी क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। मध्यतिर आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन्, तर जीवनसाथीको स्वास्थ्यप्रति ध्यान दिनु उचित हुनेछ। साताको अन्त्यमा परिवारमा सामान्य मतभेद हुन सक्ने भएकाले धैर्य र खुला संवाद अपनाउनु लाभदायी हुनेछ। साप्ताहिक सुझाव: प्रत्येक दिन भगवान भैरवको आराधना गर्नुहोस्। शुभ रंग: सुन्तला र खैरो शुभ अंक: ४ र ८

कुम्भ
मीन

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यो साता आत्मविश्वास, पारिवारिक सुख र आर्थिक पक्ष अनुकूल रहनेछ। साताको प्रारम्भमा योजना सफल हुने र परिवारसँग खुसीका क्षण बित्नेछन्। विद्यार्थीहरूका लागि अध्ययनमा राम्रो प्रगतिको योग छ। मध्यतिर बोलचाल र महत्त्वपूर्ण निर्णयमा सावधानी अपनाउनुहोस्। साताको अन्त्यमा आर्थिक अवस्था मजबुत बन्ने, लगानीका अवसर प्राप्त हुने तथा पारिवारिक सद्भाव बढ्ने सम्भावना छ। साप्ताहिक सुझाव: प्रत्येक दिन गायत्री मन्त्रको जप गर्नुहोस्। शुभ रंग: सेतो र गुलाबी शुभ अंक: २ र ७

मीन
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यस महिना मेष राशिका लागि प्रगति र उपलब्धिमूलक रहनेछ। रोकिएका काम अघि बढ्ने, नयाँ जिम्मेवारी प्राप्त हुने तथा व्यापार, पेशा र आर्थिक क्षेत्रमा सकारात्मक परिणाम मिल्ने सम्भावना छ। छोटो यात्रा, नयाँ सम्बन्ध र सहकार्यबाट लाभ हुनेछ। पारिवारिक तथा दाम्पत्य जीवनमा समझदारी बढ्नेछ। विद्यार्थीहरूले अध्ययन र प्रतिस्पर्धामा राम्रो सफलता पाउने संकेत छन्। स्वास्थ्य सामान्य रहने भए पनि खानपान र पर्याप्त आराममा ध्यान दिनु उचित हुनेछ। शुभ रंग: रातो शुभ अंक: ९ शुभ दिन: मंगलबार र आइतबार

मेष
वृष

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) असार महिना वृश्चिक राशिका लागि परिवर्तन, आत्मविश्लेषण र प्रगतिको समय रहनेछ। करियरमा जिम्मेवारी बढ्ने, अनुसन्धान, व्यवस्थापन र रणनीतिक कार्यमा सफलता मिल्ने सम्भावना छ। आर्थिक क्षेत्रमा खर्च र लगानी सोचविचार गरेर गर्दा दीर्घकालीन लाभ मिल्नेछ। पारिवारिक र दाम्पत्य जीवनमा आत्मीयता, विश्वास र समझदारी बढ्नेछ। विद्यार्थीहरूले अध्ययन, अनुसन्धान र प्रतिस्पर्धात्मक परीक्षामा राम्रो सफलता पाउनेछन्। स्वास्थ्यका लागि नियमित दिनचर्या, सन्तुलित आहार, पर्याप्त विश्राम र मानसिक शान्तिमा ध्यान दिनु लाभदायी हुनेछ। शुभ रंग: गाढा रातो शुभ अंक: ९ शुभ दिन: मंगलबार र बिहीबार

वृष
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) असार महिना मिथुन राशिका लागि आत्मविश्वास, नेतृत्व र प्रगतिको समय रहनेछ। करियर, व्यवसाय र आर्थिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने, आम्दानी बढ्ने तथा महत्त्वपूर्ण निर्णयमा सफलता मिल्ने सम्भावना छ। पारिवारिक र दाम्पत्य जीवनमा समझदारी तथा सहयोग बढ्नेछ। विद्यार्थीहरूले अध्ययन, प्रतियोगिता र नयाँ सीप सिक्नमा राम्रो सफलता पाउनेछन्। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ र नियमित व्यायाम तथा सन्तुलित खानपान लाभदायी हुनेछ। शुभ रंग: हरियो शुभ अंक: ५ शुभ दिन: बुधबार र शुक्रबार

मिथुन
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) असार महिना कर्कट राशिका लागि योजना, आत्मविश्लेषण र भविष्यको तयारी गर्ने समय रहनेछ। पेशागत क्षेत्रमा धैर्य र निरन्तर प्रयासले सफलता मिल्नेछ। आर्थिक पक्षमा खर्च व्यवस्थापनमा ध्यान दिँदा दीर्घकालीन लाभ प्राप्त हुन सक्छ। पारिवारिक र दाम्पत्य जीवनमा समझदारी, सम्मान र विश्वास बढ्नेछ। विद्यार्थीहरूले अनुसन्धान तथा अध्ययनमा राम्रो प्रगति गर्ने सम्भावना छ। स्वास्थ्यका लागि सन्तुलित आहार, पर्याप्त विश्राम र मानसिक तनाव नियन्त्रणमा राख्नु लाभदायी हुनेछ। शुभ रंग: सेतो शुभ अंक: २ शुभ दिन: सोमबार र बिहीबार

कर्कट
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) असार महिना सिंह राशिका लागि प्रगति, आम्दानी वृद्धि र नयाँ अवसरको समय रहनेछ। रोकिएका काम अघि बढ्ने, व्यवसाय र करियरमा नयाँ अवसर प्राप्त हुने तथा समूहगत कार्यबाट सफलता मिल्ने सम्भावना छ। आर्थिक अवस्था सुधार हुने र लगानीबाट दीर्घकालीन लाभ मिल्न सक्छ। पारिवारिक तथा दाम्पत्य जीवनमा आत्मीयता, समझदारी र सहयोग बढ्नेछ। विद्यार्थीहरूले अध्ययन, अनुसन्धान र सीप विकासमा राम्रो सफलता पाउनेछन्। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ र ऊर्जाको सही उपयोग गर्दा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। शुभ रंग: सुनौलो शुभ अंक: १ शुभ दिन: आइतबार र बिहीबार

सिंह
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) असार महिना कन्या राशिका लागि सफलता, जिम्मेवारी र पेशागत उन्नतिको समय रहनेछ। करियर र व्यवसायमा नयाँ अवसर, पदोन्नति तथा सम्मान प्राप्त हुने सम्भावना छ। प्रभावशाली व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ भने आर्थिक अवस्था स्थिर रहने संकेत छन्। पारिवारिक र दाम्पत्य जीवनमा विश्वास, समझदारी र सहयोग बढ्नेछ। विद्यार्थीहरूले अध्ययन, सीप विकास र व्यावसायिक तालिममा राम्रो सफलता पाउनेछन्। स्वास्थ्य सामान्य रहने भए पनि अत्यधिक कामका कारण थकान हुन सक्ने भएकाले पर्याप्त विश्राम र सन्तुलित खानपानमा ध्यान दिनु उचित हुनेछ। शुभ रंग: हरियो शुभ अंक: ५ शुभ दिन: बुधबार र शुक्रबार

कन्या
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) असार महिना तुला राशिका लागि अवसर, विस्तार र सकारात्मक परिवर्तनको समय रहनेछ। रोकिएका काम अघि बढ्ने, करियर र व्यवसायमा नयाँ अवसर प्राप्त हुने तथा आम्दानी बढ्ने सम्भावना छ। दीर्घकालीन योजना र लगानीबाट लाभ मिल्ने संकेत छन्। पारिवारिक र दाम्पत्य जीवनमा प्रेम, विश्वास र समझदारी बढ्नेछ। विद्यार्थीहरूले उच्च शिक्षा, अनुसन्धान र प्रतियोगी परीक्षामा राम्रो सफलता पाउनेछन्। स्वास्थ्य सामान्य रहनेछ र नियमित दिनचर्या तथा सन्तुलित जीवनशैली अपनाउँदा ऊर्जा र उत्साह कायम रहनेछ। शुभ रंग: सेतो शुभ अंक: ६ शुभ दिन: शुक्रबार र सोमबार

तुला
वृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) असार महिना वृश्चिक राशिका लागि परिवर्तन र प्रगतिको समय रहनेछ। पेशागत जिम्मेवारी बढ्ने, अनुसन्धान तथा व्यवस्थापन क्षेत्रमा सफलता मिल्ने र महत्त्वपूर्ण निर्णयमा लाभ हुने सम्भावना छ। आर्थिक क्षेत्रमा खर्च र लगानी सोचविचार गरेर गर्नु उचित हुनेछ। पारिवारिक र दाम्पत्य जीवनमा आत्मीयता तथा समझदारी बढ्नेछ। विद्यार्थीहरूले अध्ययन र नयाँ सीप आर्जनमा राम्रो सफलता पाउनेछन्। स्वास्थ्य सामान्य रहने भए पनि नियमित व्यायाम, सन्तुलित आहार र पर्याप्त आराममा ध्यान दिनु आवश्यक छ। शुभ रंग: गाढा रातो शुभ अंक: ८ शुभ दिन: मंगलबार र बिहीबार

वृश्चिक
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) असार महिना धनु राशिका लागि सहकार्य, सम्बन्ध विस्तार र प्रगतिको समय रहनेछ। करियर र व्यवसायमा नयाँ अवसर, साझेदारी तथा व्यापार विस्तारको सम्भावना छ। आर्थिक अवस्थामा सुधार आउनेछ र योजनाबद्ध खर्च तथा लगानीले भविष्यमा लाभ दिनेछ। पारिवारिक र दाम्पत्य जीवनमा सहयोग, विश्वास र समझदारी बढ्नेछ। विद्यार्थीहरूले अध्ययन, व्यवहारिक ज्ञान तथा प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो सफलता पाउनेछन्। स्वास्थ्य सामान्य रहनेछ र नियमित व्यायाम, सन्तुलित खानपान तथा पर्याप्त विश्राम लाभदायी हुनेछ। शुभ रंग: पहेँलो शुभ अंक: ३ शुभ दिन: बिहीबार र आइतबार

धनु
मकर

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) असार महिना मकर राशिका लागि जिम्मेवारी, अनुशासन र कार्यसफलताको समय रहनेछ। करियरमा नयाँ जिम्मेवारी, कार्यक्षेत्रमा प्रगति तथा प्रशासनिक, प्राविधिक र व्यवस्थापन क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। नियमित आम्दानी कायम रहनेछ र खर्चमा नियन्त्रण राखे आर्थिक अवस्था मजबुत बन्नेछ। पारिवारिक र दाम्पत्य जीवनमा विश्वास, सहयोग र समझदारी बढ्नेछ। विद्यार्थीहरूले मेहनतअनुसार राम्रो नतिजा प्राप्त गर्नेछन्। स्वास्थ्यका लागि पर्याप्त विश्राम, सन्तुलित खानपान र नियमित दिनचर्यामा ध्यान दिनु लाभदायी हुनेछ। शुभ रंग: गाढा निलो शुभ अंक: ८ शुभ दिन: शनिबार र शुक्रबार

मकर
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) असार महिना कुम्भ राशिका लागि सिर्जनात्मकता, आत्मविश्वास र नयाँ अवसरको समय रहनेछ। करियर, प्रविधि, सञ्चार, कला तथा व्यवसायमा प्रगति हुने सम्भावना छ। नयाँ आम्दानीका स्रोत फेला पर्ने र आर्थिक अवस्था मजबुत बन्ने संकेत छन्। पारिवारिक र दाम्पत्य जीवनमा खुसी, आत्मीयता र समझदारी बढ्नेछ। विद्यार्थीहरूले अध्ययन, प्रतियोगिता र नयाँ सीप सिक्ने क्षेत्रमा राम्रो सफलता पाउनेछन्। स्वास्थ्य सामान्य रहनेछ र सकारात्मक सोच तथा नियमित दिनचर्याले ऊर्जा र कार्यक्षमता बढाउनेछ। शुभ रंग: आकाशे निलो शुभ अंक: ४ शुभ दिन: शनिबार र बुधबार

कुम्भ
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) असार महिना मीन राशिका लागि स्थायित्व, पारिवारिक सुख र योजनाबद्ध प्रगतिको समय रहनेछ। घर, जग्गा, सवारीसाधन तथा दीर्घकालीन योजनामा सकारात्मक प्रगति हुने सम्भावना छ। करियरमा धैर्य र निरन्तर प्रयासले अपेक्षित सफलता दिलाउनेछ। आर्थिक क्षेत्रमा बचत, लगानी र खर्च व्यवस्थापनमा ध्यान दिनु लाभदायी हुनेछ। पारिवारिक र दाम्पत्य जीवनमा आत्मीयता, विश्वास र समझदारी बढ्नेछ। विद्यार्थीहरूले नियमित अध्ययन र अनुशासनका कारण राम्रो उपलब्धि हासिल गर्न सक्नेछन्। स्वास्थ्यका लागि सकारात्मक सोच, पर्याप्त विश्राम, नियमित व्यायाम र सन्तुलित खानपान आवश्यक हुनेछ। शुभ रंग: हल्का पहेँलो शुभ अंक: ७ शुभ दिन: बिहीबार र सोमबार

मीन
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो वर्ष मेष राशिका लागि मिश्रित फलदायी रहनेछ। बृहस्पतिको शुभ प्रभावले धनलाभ, सामाजिक प्रतिष्ठा, धार्मिक रुचि तथा परिवारमा सुख–शान्ति बढ्नेछ। वैदेशिक अध्ययन वा रोजगारीका अवसर प्राप्त हुने सम्भावना पनि बलियो छ। विद्यार्थी र करियर निर्माण गर्नेहरूका लागि नयाँ अवसर खुल्नेछन्। शनिको साढेसाती र राहुको प्रभावले स्वास्थ्य, मानसिक तनाव, अनावश्यक खर्च तथा काममा ढिलाइ हुन सक्छ। सरकारी सेवामा रहेकाले विशेष सावधानी अपनाउनुपर्छ। स्वास्थ्य, आर्थिक निर्णय र जोखिमपूर्ण लगानीमा सोचविचार गर्नु उचित हुनेछ। महिनागत संकेत: शुभ: वैशाख, असार, असोज, कार्तिक, माघ, फाल्गुन, चैत्र सावधानी: जेठ, श्रावण, भदौ, मङ्सिर, पुष

Read More
मेष
वृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) यो वर्ष वृष राशिका लागि प्रगति, आर्थिक उन्नति र नयाँ अवसरले भरिएको रहनेछ। करियर, व्यवसाय र आर्थिक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। नयाँ आम्दानीका स्रोत खुल्ने, लगानीबाट लाभ हुने तथा सामाजिक प्रतिष्ठा बढ्ने योग रहेको छ। विद्यार्थीका लागि उच्च शिक्षा र प्रतियोगी परीक्षामा सफलता मिल्ने संकेत छन्। राहु–केतुको प्रभावले केही निर्णयमा सावधानी आवश्यक हुनेछ। अनावश्यक विवाद, कानुनी झमेला र गलत संगतबाट टाढा रहनु राम्रो हुनेछ। स्वास्थ्यतर्फ खुट्टा, जोर्नी र पाचनसम्बन्धी समस्याप्रति सचेत रहनु उचित हुनेछ। महिनागत संकेत: शुभ: वैशाख, श्रावण, कार्तिक, मंसिर, फागुन, चैत्र सावधानी: जेठ, असार, भदौ, असोज, पुस, माघ शुभ रंग: सेतो शुभ अंक: ६ शुभ बार: शुक्रबार र बुधबार

Read More
वृष
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यो वर्ष मिथुन राशिका लागि अवसर र चुनौतीको सन्तुलित रहनेछ। करियर, व्यवसाय, सञ्चार, लेखन र बौद्धिक क्षेत्रमा उल्लेखनीय प्रगति हुने सम्भावना छ। पदोन्नति, नयाँ जिम्मेवारी तथा आम्दानीका स्रोत विस्तार हुन सक्छन्। परिवारमा शुभकार्य तथा दाम्पत्य जीवनमा समझदारी बढ्ने संकेत छन्। राहु–केतुको प्रभावले खर्च, मानसिक तनाव तथा केही निर्णयमा सावधानी आवश्यक हुनेछ। ठूलो लगानी सोचविचार गरेर गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यतर्फ अनिद्रा, मानसिक तनाव र यात्राका क्रममा विशेष सतर्क रहनु आवश्यक छ। महिनागत संकेत: शुभ: वैशाख, असार, भदौ, कार्तिक, फाल्गुन, चैत्र सावधानी: जेठ, श्रावण, असोज, मंसिर, पुस, माघ शुभ रंग: हरियो शुभ अंक: ५ शुभ बार: बुधबार र शुक्रबार

Read More
मिथुन
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यो वर्ष कर्कट राशिका लागि प्रगति, आर्थिक सुधार र उपलब्धिमूलक रहनेछ। करियर, व्यवसाय र आर्थिक क्षेत्रमा उन्नति हुने, रोकिएका काम पूरा हुने तथा ऋणभार कम हुने सम्भावना छ। विदेशसँग सम्बन्धित कामबाट पनि लाभ मिल्न सक्छ। परिवार र दाम्पत्य जीवन सुखद रहनेछ भने प्रेम सम्बन्ध विवाहमा परिणत हुने योग छ। शनिको प्रभावले केही काममा ढिलाइ हुन सक्छ, त्यसैले धैर्य र निरन्तर प्रयास आवश्यक हुनेछ। स्वास्थ्यतर्फ पाचन प्रणाली, मौसमी संक्रमण तथा कब्जियतसम्बन्धी समस्याप्रति सावधानी अपनाउनु उचित हुनेछ। महिनागत संकेत: शुभ: वैशाख, जेठ, असार, असोज, पुस, माघ सावधानी: श्रावण, भदौ, कार्तिक, मंसिर, फाल्गुन, चैत्र शुभ रंग: सेतो शुभ अंक: २ शुभ बार: सोमबार र बिहीबार

Read More
कर्कट
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यो वर्ष सिंह राशिका लागि मिश्रित फलदायी रहनेछ। शनिको प्रभावले सरकारी काम, व्यापार र व्यक्तिगत सम्बन्धमा केही चुनौती आउन सक्छ। वैदेशिक रोजगारी, उच्च शिक्षा र विदेश यात्राका प्रयास सफल हुने सम्भावना छ। विद्यार्थीले मेहनत गरे राम्रो नतिजा प्राप्त गर्न सक्नेछन्। स्वास्थ्यमा पुराना रोग, खुट्टा दुखाइ, युरिक एसिडलगायत समस्याप्रति सावधानी आवश्यक छ। व्यापारमा सोचविचार गरेर निर्णय लिनु उपयुक्त हुनेछ। प्रेम र दाम्पत्य जीवनमा संवाद र विश्वास कायम राख्नुपर्ने देखिन्छ। प्रभावशाली व्यक्तिसँग सम्बन्ध विस्तार हुँदा दीर्घकालीन आर्थिक लाभ मिल्न सक्छ। महिनागत संकेत: शुभ: जेठ, असार, कार्तिक, माघ, फागुन सावधानी: वैशाख, श्रावण, भदौ, असोज, मङ्सिर, पुष, चैत्र

Read More
सिंह
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यो वर्ष कन्या राशिका लागि मध्यमदेखि राम्रो रहनेछ। नयाँ आम्दानीका स्रोत खुल्ने, दीर्घकालीन योजनाबाट लाभ हुने तथा सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना छ। करियर, व्यवसाय र अध्ययनमा प्रगतिको योग रहेको छ भने उच्च शिक्षाका लागि विदेश जाने अवसर पनि मिल्न सक्छ। राहु र शनिको प्रभावले अनावश्यक विवाद, खर्च तथा हतारमा निर्णय गर्दा नोक्सानी हुन सक्छ। दाम्पत्य जीवनमा सामान्य मतभेद आउन सक्छ, त्यसैले संयम आवश्यक छ। सवारी चलाउँदा र यात्रामा विशेष सावधानी अपनाउनु उचित हुनेछ। महिनागत संकेत: शुभ: वैशाख, असार, साउन, मङ्सिर, फाल्गुन, चैत्र सावधानी: जेठ, भदौ, असोज, कार्तिक, पुष, माघ

Read More
कन्या
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यो वर्ष तुला राशिका लागि अनुकूल र फलदायी रहनेछ। नोकरी, करियर, शिक्षा र सामाजिक प्रतिष्ठामा प्रगति हुने सम्भावना छ। सरकारी तथा कानुनी कार्यमा सफलता मिल्नेछ भने परिवार र दाम्पत्य जीवन पनि सुखद रहने देखिन्छ। प्रेम सम्बन्ध विवाहमा परिणत हुने योग पनि छ। राहुको प्रभावले कहिलेकाहीँ मानसिक अन्योल र एकाग्रतामा कमी आउन सक्छ, त्यसैले हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। मङ्सिरपछि आमाको स्वास्थ्य, जागिर र पारिवारिक सम्बन्धमा केही सावधानी आवश्यक छ। हड्डीसम्बन्धी समस्या, पुराना रोग तथा सवारी चलाउँदा विशेष सतर्क रहनु उचित हुनेछ। महिनागत संकेत: शुभ: जेठ, असार, श्रावण, भदौ, कार्तिक, फाल्गुन, चैत्र सावधानी: वैशाख, असोज, मङ्सिर, पुष, माघ

Read More
तुला
वृश्चिक

यो वर्ष वृश्चिक राशिका लागि मिश्रित तर अवसरमूलक रहनेछ। शिक्षा, उच्च अध्ययन, अनुसन्धान तथा करियरमा प्रगतिको सम्भावना छ। आर्थिक लाभ, मान–सम्मान र वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुन सक्छ। धार्मिक तथा सामाजिक गतिविधिमा रुचि बढ्नेछ। शनिको प्रभावले आर्थिक दबाब, सन्तानसम्बन्धी चिन्ता तथा काममा ढिलाइ हुन सक्छ। प्रेम र दाम्पत्य जीवनमा सामान्य मतभेद आउन सक्ने भएकाले संवाद र विश्वास आवश्यक छ। स्वास्थ्यतर्फ छाती, श्वासप्रश्वास र पाचनसम्बन्धी समस्याप्रति सतर्क रहनु उचित हुनेछ। महिनागत संकेत: शुभ: वैशाख, असार, भदौ, असोज, चैत्र सावधानी: जेठ, श्रावण, कार्तिक, मङ्सिर, पुष, माघ, फाल्गुन

Read More
वृश्चिक
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यो वर्ष धनु राशिका लागि मिश्रित तर सकारात्मक रहनेछ। आत्मविकास, अध्ययन, अनुसन्धान र आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। पैतृक सम्पत्ति वा साझेदारीबाट लाभ मिल्न सक्छ भने घर–जग्गासम्बन्धी योजना सफल हुने सम्भावना छ। विद्यार्थीले मेहनत गरे राम्रो सफलता प्राप्त गर्नेछन्। आर्थिक निर्णयमा सावधानी आवश्यक छ। दाम्पत्य जीवनमा विश्वास र स्पष्ट संवाद कायम राख्नुपर्छ। स्वास्थ्यतर्फ पुराना रोग, छालासम्बन्धी समस्या तथा थकानबाट बच्न नियमित जीवनशैली अपनाउनु उचित हुनेछ। महिनागत संकेत: शुभ: असार, असोज, कार्तिक, फाल्गुन सावधानी: वैशाख, जेठ, श्रावण, भदौ, मङ्सिर, पुष, माघ, चैत्र

Read More
धनु
मकर

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) यो वर्ष मकर राशिका लागि अनुकूल र उपलब्धिमूलक रहनेछ। व्यापार, साझेदारी, करियर र सामाजिक प्रतिष्ठामा उल्लेखनीय प्रगति हुने सम्भावना छ। रोकिएको धन फिर्ता हुन सक्छ, वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ र नयाँ आम्दानीका स्रोत खुल्ने संकेत छन्। विद्यार्थीका लागि पनि अध्ययनमा सफलता मिल्ने योग छ। पारिवारिक जीवनमा सामान्य मतभेद वा आर्थिक विवाद आउन सक्छ, त्यसैले संयम र स्पष्ट संवाद आवश्यक हुनेछ। स्वास्थ्यतर्फ आँखा, नसासम्बन्धी समस्या तथा मौसमी रोगप्रति सावधानी अपनाउनु उचित हुनेछ। जोखिमपूर्ण लगानी र मादक पदार्थबाट टाढा रहनु लाभदायी हुनेछ। महिनागत संकेत: शुभ: असार, श्रावण, असोज, कार्तिक, मङ्सिर, माघ, फाल्गुन, चैत्र सावधानी: वैशाख, जेठ, भदौ, पुष

Read More
मकर
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) यो वर्ष कुम्भ राशिका लागि मध्यम फलदायी रहनेछ। शिक्षा, प्रतिस्पर्धा, प्रशासन, कानुन तथा सेवामूलक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। वैदेशिक अध्ययन, रोजगारी र अनुसन्धानका क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। वर्षको सुरुवातमा केही संघर्ष, ढिलाइ, विवाद वा मानसिक तनाव देखिन सक्छ। दाम्पत्य जीवनमा विश्वास र संवाद आवश्यक हुनेछ। स्वास्थ्यतर्फ रक्तचाप, अनिद्रा, मौसमी रोग तथा सवारी दुर्घटनाप्रति विशेष सावधानी अपनाउनु उचित हुनेछ। महिनागत संकेत: शुभ: वैशाख, असार, असोज, कार्तिक, मङ्सिर, माघ, चैत्र सावधानी: जेठ, श्रावण, भदौ, पुष, फाल्गुन

Read More
कुम्भ
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यो वर्ष मीन राशिका लागि अत्यन्त शुभ र उपलब्धिमूलक रहनेछ। शिक्षा, करियर, नयाँ सीप, अनुसन्धान तथा आर्थिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। विद्यार्थी, नयाँ व्यवसाय सुरु गर्ने र रोजगारी खोज्नेहरूका लागि समय अनुकूल छ। परिवार, प्रेम र दाम्पत्य जीवनमा खुसी तथा समझदारी बढ्ने सम्भावना छ। शनिको प्रभावले केही मानसिक दबाब, खर्च वृद्धि र कार्यक्षेत्रमा चुनौती आउन सक्छ। स्वास्थ्यतर्फ कम्मर, जोर्नी तथा हड्डीसम्बन्धी समस्याप्रति सावधानी अपनाउनु आवश्यक हुनेछ। आर्थिक निर्णय सोचविचार गरेर लिनु लाभदायी हुनेछ। महिनागत संकेत: शुभ: जेठ, भदौ, असोज, पुष, माघ, चैत्र सावधानी: वैशाख, असार, श्रावण, कार्तिक, मङ्सिर, फाल्गुन

Read More
मीन