मङ्गल, ०२ मंसिर २०८२ / November 18, 2025, Tuesday
मङ्गल, ०२ मंसिर २०८२
Advertisement
banner add

भियतनाममा पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु, केही अझै बेपत्ता

writter
मङ्गल, १७ असार २०८२
(Shares)

काठमाडौं- भियतनाममा एक पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने अझै केही मानिसहरु हराइरहेका छन् ।

खराब मौसमका कारण भएको यो घटना देशको उत्तर भागमा पर्ने चर्चित पर्यटकीय गन्तव्य हा लोंग बेमा भएको हो । डुङ्गामा सवार अधिकांश यात्रुहरू हनोइबाट आएका भियतनामी परिवारका सदस्यहरु रहेको बताइएको छ ।

उद्धारकर्मीहरूका अनुसार मुसलधारे वर्षाका कारण जीवित व्यक्तिहरूको खोजीमा कठिनाइ भइरहेको छ । हालसम्म फेला परेका शवमध्ये कम्तीमा आठ जना बालबालिका छन् । ११ जनालाई भने जीवितै पानीबाट निकालिएको छ ।

“वान्डर सिज” नामको सो डुंगा ५३ जनालाई लिएर जाँदै गर्दा एक्कासि आएको आँधीबेहरीका कारण पल्टिएको भियतनामी सीमा सुरक्षाबलले जनाएको छ । हराइरहेका मानिसहरुको खोजीका लागि उद्धारकार्य जारी छ ।

ads

सम्बन्धित खबर