आइत, २२ कात्तिक २०८३ / November 8, 2026, Sunday
आइत, २२ कात्तिक २०८३
Advertisement
banner add

नेपालीको सुरक्षा र उद्धारमा सक्रिय हुँदै एनआरएनए यूएई, संयोजकमा गुरुङ मनोनीत

banner add
writter
शुक्र, २० कात्तिक २०८३
(Shares)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईले राहत तथा उद्धार समितिको संयोजकमा संस्थाका सचिव ज्ञानेन्द्र गुरुङलाई मनोनयन गरेको छ।

संघले एक जानकारी सार्वजनिक गर्दै गुरुङलाई राहत तथा उद्धार समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको जनाएको हो।

यूएईमा रहेका नेपाली नागरिकलाई कुनै पनि आपत्कालीन अवस्था, समस्या वा कठिनाइ आइपरेमा आवश्यक सहयोग, समन्वय तथा उद्धारसम्बन्धी सहजीकरणका लागि नवनियुक्त संयोजक गुरुङसँग सम्पर्क गर्न संघले आग्रह गरेको छ।

संघका अनुसार समितिले यूएईमा रहेका नेपालीहरूको हित, सुरक्षा तथा आपत्कालीन अवस्थामा आवश्यक सहयोग र उद्धारसम्बन्धी कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्य राखेको छ।

आपत्कालीन सहयोग तथा समन्वयका लागि नवनियुक्त संयोजक गुरुङलाई +971 55 257 3899 नम्बरमा सम्पर्क गर्न सकिने संघले जनाएको छ।

संघले यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायसम्म उक्त जानकारी पुर्‍याउन तथा आवश्यक समन्वय र सहजीकरणमा सहयोग गर्नसमेत आग्रह गरेको छ।


ads
ads
add
banner add

सम्बन्धित खबर