सोम, १६ कात्तिक २०८३ / November 2, 2026, Monday
सोम, १६ कात्तिक २०८३
Advertisement
banner add

फ्लोरिडामा बस्तीमाथि व्यावसायिक जेट खस्यो : विमानमा सवार सबैको मृत्यु

banner add
writter
सोम, १६ कात्तिक २०८३
(Shares)

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित क्रेस्टहेभन बस्ती नजिक व्यावसायिक जेट विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। आइतबार भएको दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको बीबीसीले जनाएको छ।

अमेरिकी यातायात सचिव सिन डफीका अनुसार ‘लेयरजेट ६० विमान स्थानीय समयअनुसार दिउँसो १२ः५० बजे दुर्घटनामा परेको हो। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार टेक्सासको अस्टिनबाट बहामासतर्फ उडिरहेको विमान आवासीय क्षेत्रमा खसेको थियो।

दुर्घटनापछि घटनास्थलमा ठूलो आगलागी भएको थियो। सार्वजनिक तस्बिरहरूमा सडकमा ठूलो खाल्डो परेको तथा विमानका टुक्रा र भग्नावशेष छरिएको देखिएको छ। उडानसम्बन्धी विश्लेषणअनुसार दुर्घटनाअघि विमान तीव्र गतिमा तल झरिरहेको थियो।

फ्लोरिडाका गभर्नर रन डिसान्टिसले दुर्घटनालाई निकै भयावह भन्दै विमान मिसाइल खसेजस्तै जमिनमा आएको बताएका छन्। उनका अनुसार विस्फोटपछि भग्नावशेष चारैतिर छरिएको थियो।

दुर्घटनाका बेला विमानमा सवार व्यक्तिहरूको पहिचान सार्वजनिक भएको छैन। जमिनमा रहेका व्यक्तिको मृत्यु वा घाइते भएको सूचना प्राप्त नभएको गभर्नरले बताएका छन्।

दुर्घटनापछि नजिकैको ट्रेलर पार्कमा बसोबास गर्ने करिब ६०० स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। पाम बिच काउन्टी फायर रेस्क्युले घटनालाई सामूहिक हताहतीको घटना घोषणा गरेको थियो।

दुर्घटनाबाट स्थानीय पूर्वाधारमा समेत क्षति पुगेको छ। पानीका पाइपलाइनमा क्षति पुगेकाले मिलिटरी ट्रेल सडक पुनः सञ्चालन हुन कम्तीमा ३० दिन लाग्न सक्ने अधिकारीहरूले बताएका छन्। दुर्घटनाका बेला क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर