काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवाहरुको माग वर्तमान संविधान र संसदीय प्रक्रियाभित्रबाट सम्बोधन गर्न सकिने बताएका छन्।
आज जारी विज्ञप्तिमा उनले लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ रूपमै खोजिनु पर्ने धारणा राख्दै, संसद् विघटन वा प्रतिगमनको बाटो लाभदायक नहुने चेतावनी दिएका छन्।
उनले संविधानले सामाजिक न्याय र समावेशिताको प्रत्याभूति गरेको भन्दै यसको कार्यान्वयनमा देखिएका चुनौतीको गम्भीर समीक्षा र प्रत्यक्ष कार्यकारी प्रणालीको पक्षमा संशोधन आवश्यक रहेको बताए। प्रचण्डले आन्दोलनरत पक्षले यिनै संवेदनशील विषयमा भावी रणनीति बनाउने विश्वास पनि व्यक्त गरेका छन्।