शालिक भट्ट/काठमाडौं । नेपालको सरकारी अस्पताल मध्येको एक वीर अस्पतालमा नर्सको अभाव देखिएको छ । अस्पतालको इमर्जेन्सी वार्डमा डाक्टर उपलब्ध भएपनि नर्स भने भेटिन गाह्रो पर्छ । बिरामीहरूलाई औषधि दिने लगायतको काम नर्सको भए पनि सरकारले वा अस्पताल व्यवस्थापनले पर्याप्त मात्रामा ड्युटीमा खटाउन नसक्दा आकस्मिक कक्षामा पुगेका बिरामीले समयमा उपचार पाएका छैनन् । नाम नबताउने शर्तमा एक नर्सले डाक्टर धेरै भए पनि नर्स नहुँदा सबैतिर हेर्न नभ्याएको र बिरामीले समयमै उपचार नपाएको स्वीकारिन ।
"रातिको
ड्युटीमा धेरै नै थोरै नर्स (१-२जना) हुने हुनाले सबैतिर समयमै सेवा दिन सकेका
छैनौं, मन हुँदा हुँदै नि सबै बिरामीलाई हेर्न र उपचार गर्न असम्भव
भएको छ," उनले भनिन्, "अस्पतालले
नखटाएको होकि सरकारले नै थोरैमात्र जनशक्ति उपलब्ध गराएको हो थाहा भएन तर इमर्जेन्सीमा चाहिने जति नर्स भने छैनन्।"
उनीमात्र होइन डाक्टरहरू पनि यो कुरामा सहमत छन तर खुलेर
भन्न भने सकेका छैनन । "हामीले धेरै पटक यो समस्याको बारेमा अस्पतालको
व्यवस्थापनलाई भनेका छौं तर अहिलेसम्म पनि
यो समस्याको समाधान हुन सकेको छैन," नाम नबताउने
शर्तमा एक डाक्टरले भनिन । तर उनीहरू
खुलेर यो समस्या सन्चार माध्यमलाई भन्न भने मान्दैनन् ।
नेपालको पुरानो सरकारी अस्पताल जहाँ देशभरका बिरामी
आइपुग्छ्न, विशेष गरी इमर्जेन्सी जहाँ बिरामीलाई हरपल निगरानी गर्नु
पर्ने हुन्छ त्यहाँ नै नर्स उपलब्ध नहुँदा
बिरामीले समयमै उपचार पाएका छैनन ।