काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले जेन—जीको बलिदानले प्राप्त उपलब्धिको रक्षा गरौं भन्दै पार्टीका वरिष्ठ नेता क्या.के.वि.लिम्वु र अध्यक्ष रामशरण पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
“ मुलुकमा व्याप्त भ्रष्टाचार, वेथिति, कुशासन र दण्डहीनता विरुद्धभएको जेनजी आन्दोलनमा संलग्न भई भाद्र २३ र २४ गते जेन—जी समूहले आयोजना गरेको विभिन्न कार्यक्रमहरुको त्याग र वलिदानबाट अहिले हामी नेपालको नव निर्माणमा प्रवेश गर्ने मूलद्धारमा पुगेका छौं । हालको परिवर्तन अवसर र चुनौती दुवै हो त्यसको सामना गर्न सधैं सबै कम्मर कसेर लाग्नुको विकल्प छैन ।
आगामी शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने, सानो संख्यामा विधायक रहने र प्रदेश संरचना खारेज गर्दै स्थानीय तहलाई बढी अधिकार सम्पन्न बनाई प्रशासनिक संरचनाको परिवर्तनद्धारा वेथिति र भ्रष्टाचार नियन्त्रण गरी नेपालवादको सहारावाट नेपालीको जीवनस्तर समृद्ध बनाउने मूख्य र मूल लक्ष्य यस पार्टीले लिएको हुँदा असफलताको कारणले विस्थापित गरिएका राजनीति गर्नेहरुलाई पुनरावृत्ति ९ल्य, लयत, बनबष्ल० नै नगर्ने गरी जेन—जी समूहका उपयुक्त विषय विज्ञहरुलाई अविलम्व अन्तरिम सरकारमा सरिक गराई यो उपलव्धिलाई बाह्य प्रभाव र दवावबाट बचाएर राख्नु हामीहरुको प्रमुख कर्तव्य हुन आएको छ ।
प्रथमतः सरकारको प्रमुख काम देशमा अमन चयन कायम राखी एकातिर नयाँ संविधानको तर्जुमा गर्ने गराउने वातावरण सिर्जना गर्ने अर्कोतर्फ छोटो समयमै निष्पक्ष निर्वाचन गराएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विधायक र स्थानीय तहको सञ्चालन गर्ने गराउने बन्दोबस्त गर्नु नै हो ।
यसको लागि मन्त्रीमण्डलको मार्ग दर्शननिम्ति अन्तरिमकालको लागि हालसम्म सरकारमा संलग्न नभएका देशमा आफ्नो ख्याति कायम राखेका सुशासनप्रेमी, आन्तरिक र बाह्य दवाव एवं प्रभावमा नपरेका समाजसेवी, पूर्व न्यायाधीश र सुशासनप्रेमी राष्ट्रसेवक कर्मचारी तथा विषय विज्ञहरु मध्येवाट कम्तिमा ११ सदस्यीय अन्तरिम मन्त्रीमण्डल गठन गर्ने र मन्त्रीमण्डलका अध्यक्ष तथा प्रधानमन्त्रीले नै मन्त्रीहरु नियुक्त गर्ने कार्यादेश दिन सकेको खण्डमा पाका पुरानाको अनुभव र नयाँ पुस्ताको आँट, जोश र सकारात्मक सोंचले मात्र यो ऐतिहासिक परिवर्तनको रक्षा गर्न सकिन्छ भन्ने हाम्रो ठम्याई छ ।
यो आन्दोलन आम नेपाली जनताको जित हो र यसलाई पश्चिमी तथा उत्तर, दंक्षिणको रण मैदानको खेलमा प्रयोग गरिनु हुँदैन । जतिसक्दो चाँडो समस्याको समाधान राष्ट्रिय व्यक्तित्वहरुबाट हुनु पर्छ र । जतिसक्दो चाँडो समस्याको समाधान राष्टिंक्षिणको रणमैदानको खेलमा प्रयोग गरि रगत पसिना बगाएका छौं ।
यो आन्दोलन आम मार्ग मन्त्रीमण्डलको बनोट र अन्य आवश्यक सरसल्लाह र सहयोगको लागि राष्ट्रिय मातृभूमि पार्टी सदैव तत्पर रहेको जानकारी सबैमा अवगत गराउँदछौं । ”