बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

banner add
writter
शुक्र, ०२ साउन २०८२
(Shares)

काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४५ ट्याब्लेट र नगद ८ हजार ५ सय ८५ रूपैयाँ सहित ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ घर  भएका २९ वर्षीय मनिष खड्का, सोही नगरापालिका-१० घर भएका २५ वर्षीय सुजन रूम्बा, सोही नगरपालिका-४ डेरा गरी काभ्रे पनौती नगरपालिका-३ घर भएका २७ वर्षीय रबिन तामाङ, चन्द्रागिरी नगरपालिका-१० डेरा गरी बस्ने सिन्धुली घर भएका २२ वर्षीय बिक्रम साह शंकर र सोही नगरपालिका-८ घर भएका ३० वर्षीय साजन राउत रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

ads
ads
add
banner add

सम्बन्धित खबर