काठमाडौँ । भूमि प्रशासन
नेपालको सबैभन्दा संवेदनशील र विवादास्पद प्रशासनिक क्षेत्रमध्ये एक हो। नागरिकको
जग्गा, जमिन, स्वामित्व, कित्ताकाट, नामसारी र अभिलेखसँग प्रत्यक्ष जोडिएको यो क्षेत्रमा हुने हरेक निर्णयले
सर्वसाधारणको सम्पत्तिमा प्रभाव पार्छ। त्यसैले नापी तथा मालपोत प्रशासनमा हुने
सरुवा, नियुक्ति र जिम्मेवारी हेरफेरलाई सामान्य कर्मचारी प्रशासनको विषय मात्र मानेर
हेर्न मिल्दैन।
एकैपटक १८ जना
नापी अधिकृतको सरुवा भएको विषयले भूमि प्रशासनभित्र फेरि तरंग पैदा गरेको छ। सरुवा
नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत गरिएको हो वा यसको पछाडि कुनै विशेष स्वार्थ र
प्रभाव समूहको भूमिका छ भन्ने प्रश्न उठ्नु स्वाभाविक छ। किनभने भूमि प्रशासनमा
लामो समयदेखि बिचौलिया, भूमाफिया, कर्मचारीतन्त्र र पहुँचवालाबीचको सम्भावित साँठगाँठबारे प्रश्न उठ्दै आएका
छन्।
सरुवाको विवाद अझै सेलाएको छैन
यसअघि नापी
विभागले असोज २४ गते एकैपटक १०३ नापी अधिकृत, ४९८ सर्भेक्षक र २५६ अमिन गरी ८५७ कर्मचारीको सरुवा गरेको
थियो। उक्त सरुवामा पहुँचका आधारमा आकर्षक कार्यालय रोजिएको, दुर्गममा लामो समय काम गरेका कर्मचारीलाई
अवसरबाट वञ्चित गरिएको र मापदण्ड उल्लङ्घन भएको भन्दै व्यापक गुनासो आएको थियो।
अन्ततः कात्तिक १८ गते मन्त्रीस्तरीय निर्णयबाट उक्त सरुवा बदर गरिएको थियो।
त्यसपछि विभागले
कर्मचारी सरुवासम्बन्धी मापदण्ड, २०८३ सार्वजनिक गर्दै कार्यबोझ, सेवा अवधि, भौगोलिक क्षेत्र, योग्यता र अनुभवलाई सरुवाको आधार बनाउने बताएको थियो। निर्णय तथा त्यसका आधार
सार्वजनिक गर्ने र असन्तुष्ट कर्मचारीलाई गुनासो गर्ने अवसर दिने व्यवस्था पनि
मापदण्डमा समेटिएको छ। तर पुरानो विवादको निष्पक्ष छानबिन र गुनासो सम्बोधनको
प्रक्रिया टुंगोमा नपुग्दै फेरि ठूलो संख्यामा अधिकृतको सरुवा हुनु आफैँमा गम्भीर
चासोको विषय हो।
अहिले सार्वजनिक
भएका विवरणअनुसार १८ अधिकृतको सरुवा गरिएको छ। तीमध्ये केहीलाई मन्त्रालयको
अतिरिक्त समूहमा राखेर विभिन्न कार्यालयमा काजमा खटाइएको छ। तर कुन कर्मचारीलाई
कुन आधारमा सरुवा गरियो, कसलाई जिम्मेवारीबाट हटाउनुको कारण के हो र कसलाई कुन कार्यालयमा पठाउँदा
संस्थागत आवश्यकता पूरा हुन्छ भन्ने विषयमा मन्त्रालयले स्पष्ट जानकारी सार्वजनिक
गरेको छैन।
यहाँ प्रश्न सरुवा
गर्न पाइन्छ कि पाइँदैन भन्ने होइन। कर्मचारी सरुवा प्रशासनको नियमित प्रक्रिया
हो। तर सरुवा प्रक्रियाको उद्देश्य सेवा प्रवाह सुधार्नु हुनुपर्छ, कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा
गर्नु होइन। यदि सरुवा कार्यसम्पादन र कार्यालयको आवश्यकताका आधारमा गरिएको हो भने
त्यसको आधार सार्वजनिक गर्न सरकार किन हिचकिचाउने?
भूमि प्रशासनमा
बिचौलियाको प्रभाव, जग्गाको कित्ताकाट, सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, नक्सा संशोधन, जग्गा दर्ता र अभिलेख व्यवस्थापनजस्ता विषय अत्यन्त
संवेदनशील छन्। यस्ता कार्यालयमा जिम्मेवारी पाउने कर्मचारीको निष्पक्षता र
व्यावसायिकता महत्वपूर्ण हुन्छ। कर्मचारी सरुवालाई नै प्रभाव र पहुँचको माध्यम
बनाइयो भने त्यसको प्रत्यक्ष असर सेवाग्राही र राज्यको सम्पत्तिमा पर्न सक्छ।
अझ महत्वपूर्ण
कुरा, भूमि प्रशासनमा हुने अनियमितता केवल कर्मचारीको सरुवासँग मात्र जोडिएको विषय
होइन। जग्गा कारोबारमा सक्रिय बिचौलिया, राजनीतिक पहुँच भएका व्यक्ति, प्रशासनिक संयन्त्र र सम्भावित स्वार्थ समूहको प्रभावबारे
उठ्ने प्रश्नको पनि सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ। कुनै कर्मचारीको सरुवा
हुँदैमा अनियमितता समाप्त हुँदैन। बरु गलत अभ्यासमा संलग्नलाई संरक्षण गर्ने वा
जिम्मेवारीबाट पन्छाउने प्रवृत्ति भए त्यसले समस्या झन् जटिल बनाउँछ।
सरकारले भूमि प्रशासन सुधार्ने हो भने कर्मचारी सरुवालाई पारदर्शी, अनुमानयोग्य र मापदण्डमा आधारित बनाउनुपर्छ। दुर्गम क्षेत्रमा लामो समय काम गरेका कर्मचारीलाई न्याकाठमाडौँ । भूमि प्रशासन नेपालको सबैभन्दा संवेदनशील र विवादास्पद प्रशासनिक क्षेत्रमध्ये एक हो। नागरिकको जग्गा, जमिन, स्वामित्व, कित्ताकाट, नामसारी र अभिलेखसँग प्रत्यक्ष जोडिएको यो क्षेत्रमा हुने हरेक निर्णयले सर्वसाधारणको सम्पत्तिमा प्रभाव पार्छ। त्यसैले नापी तथा मालपोत प्रशासनमा हुने सरुवा, नियुक्ति र जिम्मेवारी हेरफेरलाई सामान्य कर्मचारी प्रशासनको विषय मात्र मानेर हेर्न मिल्दैन।
एकैपटक १८ जना
नापी अधिकृतको सरुवा भएको विषयले भूमि प्रशासनभित्र फेरि तरंग पैदा गरेको छ। सरुवा
नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत गरिएको हो वा यसको पछाडि कुनै विशेष स्वार्थ र
प्रभाव समूहको भूमिका छ भन्ने प्रश्न उठ्नु स्वाभाविक छ। किनभने भूमि प्रशासनमा
लामो समयदेखि बिचौलिया, भूमाफिया, कर्मचारीतन्त्र र पहुँचवालाबीचको सम्भावित साँठगाँठबारे प्रश्न उठ्दै आएका
छन्।
सरुवाको विवाद अझै सेलाएको छैन
यसअघि नापी
विभागले असोज २४ गते एकैपटक १०३ नापी अधिकृत, ४९८ सर्भेक्षक र २५६ अमिन गरी ८५७ कर्मचारीको सरुवा गरेको
थियो। उक्त सरुवामा पहुँचका आधारमा आकर्षक कार्यालय रोजिएको, दुर्गममा लामो समय काम गरेका कर्मचारीलाई
अवसरबाट वञ्चित गरिएको र मापदण्ड उल्लङ्घन भएको भन्दै व्यापक गुनासो आएको थियो।
अन्ततः कात्तिक १८ गते मन्त्रीस्तरीय निर्णयबाट उक्त सरुवा बदर गरिएको थियो।
त्यसपछि विभागले
कर्मचारी सरुवासम्बन्धी मापदण्ड, २०८३ सार्वजनिक गर्दै कार्यबोझ, सेवा अवधि, भौगोलिक क्षेत्र, योग्यता र अनुभवलाई सरुवाको आधार बनाउने बताएको थियो। निर्णय तथा त्यसका आधार
सार्वजनिक गर्ने र असन्तुष्ट कर्मचारीलाई गुनासो गर्ने अवसर दिने व्यवस्था पनि
मापदण्डमा समेटिएको छ। तर पुरानो विवादको निष्पक्ष छानबिन र गुनासो सम्बोधनको
प्रक्रिया टुंगोमा नपुग्दै फेरि ठूलो संख्यामा अधिकृतको सरुवा हुनु आफैँमा गम्भीर
चासोको विषय हो।
अहिले सार्वजनिक
भएका विवरणअनुसार १८ अधिकृतको सरुवा गरिएको छ। तीमध्ये केहीलाई मन्त्रालयको
अतिरिक्त समूहमा राखेर विभिन्न कार्यालयमा काजमा खटाइएको छ। तर कुन कर्मचारीलाई
कुन आधारमा सरुवा गरियो, कसलाई जिम्मेवारीबाट हटाउनुको कारण के हो र कसलाई कुन कार्यालयमा पठाउँदा
संस्थागत आवश्यकता पूरा हुन्छ भन्ने विषयमा मन्त्रालयले स्पष्ट जानकारी सार्वजनिक
गरेको छैन।
यहाँ प्रश्न सरुवा
गर्न पाइन्छ कि पाइँदैन भन्ने होइन। कर्मचारी सरुवा प्रशासनको नियमित प्रक्रिया
हो। तर सरुवा प्रक्रियाको उद्देश्य सेवा प्रवाह सुधार्नु हुनुपर्छ, कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा
गर्नु होइन। यदि सरुवा कार्यसम्पादन र कार्यालयको आवश्यकताका आधारमा गरिएको हो भने
त्यसको आधार सार्वजनिक गर्न सरकार किन हिचकिचाउने?
भूमि प्रशासनमा
बिचौलियाको प्रभाव, जग्गाको कित्ताकाट, सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, नक्सा संशोधन, जग्गा दर्ता र अभिलेख व्यवस्थापनजस्ता विषय अत्यन्त
संवेदनशील छन्। यस्ता कार्यालयमा जिम्मेवारी पाउने कर्मचारीको निष्पक्षता र
व्यावसायिकता महत्वपूर्ण हुन्छ। कर्मचारी सरुवालाई नै प्रभाव र पहुँचको माध्यम
बनाइयो भने त्यसको प्रत्यक्ष असर सेवाग्राही र राज्यको सम्पत्तिमा पर्न सक्छ।
अझ महत्वपूर्ण
कुरा, भूमि प्रशासनमा हुने अनियमितता केवल कर्मचारीको सरुवासँग मात्र जोडिएको विषय
होइन। जग्गा कारोबारमा सक्रिय बिचौलिया, राजनीतिक पहुँच भएका व्यक्ति, प्रशासनिक संयन्त्र र सम्भावित स्वार्थ समूहको प्रभावबारे
उठ्ने प्रश्नको पनि सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ। कुनै कर्मचारीको सरुवा
हुँदैमा अनियमितता समाप्त हुँदैन। बरु गलत अभ्यासमा संलग्नलाई संरक्षण गर्ने वा
जिम्मेवारीबाट पन्छाउने प्रवृत्ति भए त्यसले समस्या झन् जटिल बनाउँछ।
सरकारले भूमि
प्रशासन सुधार्ने हो भने कर्मचारी सरुवालाई पारदर्शी, अनुमानयोग्य र मापदण्डमा आधारित
बनाउनुपर्छ। दुर्गम क्षेत्रमा लामो समय काम गरेका कर्मचारीलाई न्यायोचित अवसर
दिनुपर्छ। एउटै व्यक्तिले पटकपटक सुविधाजनक कार्यालयमा अवसर पाउने र अन्य कर्मचारी
वर्षौँसम्म दुर्गममै बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ। सरुवाको निर्णयसँगै
त्यसको आधार, कार्यसम्पादन मूल्याङ्कन र जिम्मेवारीको विवरण सार्वजनिक गर्ने व्यवस्था
प्रभावकारी रूपमा लागू गर्नुपर्छ।
योचित अवसर