शुक्र, ०४ मंसिर २०८३ / November 20, 2026, Friday
शुक्र, ०४ मंसिर २०८३
Advertisement
banner add

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

banner add
writter
शुक्र, ०४ मंसिर २०८३
(Shares)

काठमाडौं ।नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षक पदमा नियुक्ति लिई सरकारी सुविधा उपभोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षकमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बाराको सुवर्ण गाउँपालिका-६ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्रप्रसाद यादवविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार यादवले शिक्षण पेसामा प्रवेश गर्दा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा यादवले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह (आईए) को नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी अभिलेखमा राखेको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवक कर्मचारीका रूपमा प्राथमिक तहको शिक्षक पदमा कार्यरत रही पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएको छ।

यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गर्ने र राज्यकोषबाट तलबभत्ता तथा अन्य सुविधा लिने प्रवृत्तिमाथि अख्तियारले अनुसन्धान र कारबाहीलाई निरन्तरता दिँदै आएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर