मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

आगामी निर्वाचनका लागि देशभर १ सय ६८ नयाँ मतदानस्थल थप गरिने

banner add
writter
सोम, १५ मंसिर २०८२
(Shares)

काठमाडौँ । आगामी निर्वाचनमा आम मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित तुल्याउन आयोगले देशभरका मतदानस्थलहरुमा पुनरावलोकन गरेको छ । 

आयोगबाट आज भएको निर्णय अनुसार मतदाताको सुविधाका लागि देशभर १ सय ६८ वटा नयाँ मतदानस्थलहरू थप गरिएका छन् भने मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज गरिएको छ । 

सो बाट साबिकमा कायम १० हजार ८ सय ९२ मतदानस्थलमा ७५ मतदानस्थल थप हुन गई देशभर १० हजार ९ सय ६७ मतदानस्थल कायम गरिएको छ ।

कमतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साबिककै अर्को मतदानस्थलमा समायोजन गर्ने लगायतका कार्यहरू सम्पन्न गरिएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर