सोम, ३० कात्तिक २०८३ / November 16, 2026, Monday
सोम, ३० कात्तिक २०८३
Advertisement
banner add

नवलपुरमा यात्रु बस पल्टिँदा २५ जना घाइते

banner add
writter
सोम, ३० कात्तिक २०८३
(Shares)

कैलालीको धनगढीबाट काठमाडौंका लागि छुटेको बस सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–११ लोकाहामा दुर्घटनामा परेको हो ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस बिहान करिब ६ः४० बजे सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ । दुर्घटना कसरी भयो भन्नेबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर